arrow

खोलामा पहिचान गर्न नसकिने वेवारिसे शव भेटियो, गाडिएको बगाएको हुनसक्ने

logo
महेश सिंह,
प्रकाशित २०७६ असोज ३ शुक्रबार
sub.jpg

सिरहा। सिरहाको लहान नगरपालिका -३ बलान खोलामा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।  पुरुषको शव अन्दाजी ३५-४०बर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल उक्त शव भेटिएको छ ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताए । सबको डिएन टेस्टको लागि बाहिर पठाइएका छन् ।

शवको प्रकृति हेर्दा १५—२० दिन पहिले कहिकतै गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सबलाई बाढीले बगाएर यहाँसम्म ल्याएको हुन सकिने बताए ।

बर्षासँगै आएको बाढीले उखालिएर बगाएर बलान खोलाको पुलसम्म ल्याएको हुनसक्छ । सो शव असोज १ गते ईलाका प्रहरी कार्यालय लहानले पाँच बजेतीर फेला पारेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ