arrow

 डेङ्गुबाट मृत्यु हुनेको संख्या सात पुग्यो     

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
dengue-mosquito.jpg

रुपन्देही । डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।     
     
 शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जिल्लामा डेङ्गुको सङ्क्रमणबाट दुई हप्ताअघि पनि एक महिलाको मृत्यु भएको थियो । 

अहिलेसम्म डेङ्गुबाट ७ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ