arrow

नाकाबन्दी हटाउन सबै नेपाली एकताबद्ध हुनुपर्छःगृहमन्त्री

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1183643328.jpeg
ललितपुर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले वर्तमान देशको सङ्क्रमणकालको अवस्थालाई दृष्टिगत गर्दै सबै राजनीतिक दल मिलेर त्यसको समाधान गर्नुपर्ने बताएका छन् । 

तिहार तथा छठ पर्वका अवसरमा ललितपुर जिल्ला सहकारी सङ्घ लिमिटेडद्वारा सोमबार यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापानमा उनले भारतद्वारा डेढ महिनादेखि अघोषित रुपमा गरिएको नाकाबन्दी हटाउन सबै नेपाली एकताबद्ध भई लाग्नुपर्नेमा जोड दिए ।

छिमेकी देशसँगको सम्बन्धलाई सुमधुर कायम राख्दै देशमा भइरहेको इन्धनको चरम अभावलाई सहज रुपमा ल्याउन कूटनीतिक पहल समेत भइरहेको उल्लेख गर्दै उनले राष्ट्रिय सङ्कटका अवस्थामा सबै दलले दलगत स्वार्थभन्दा माथि उठेर गहन रुपमा सोच्नुपर्नेमा जोड दिए । 

राष्ट्रिय सङ्क्रमणका समयमा सबै नेपालीलाई आफ्नो खुट्टामा आफैँ उभ्याउन सहकारीले पहल गरिनुपर्ने उनको भनाइ थियो । सङ्घका उपाध्यक्ष माधवप्रसाद तिमल्सिनाले सहकारी देशको आर्थिक उन्नतिलाई मजबुत बनाउन सक्षम रहेको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ