arrow

बाहिर झुन्डिएको मुटु भित्र राखियो, झिलियांगले पाए नयाँ जीवन

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
नजषवथबलन.jpg.jpeg

एजेन्सी। सामान्य मानिसको मुटु कहाँनेर हुन्छ, सबैलाई थाहा छ। स्वभाविक रुपमा  मुटु बाहिर देखिंदैन। तर, चीनका २४ वर्षीय झिलियांगको मुटु छातीमा नभएर पेटको छालमा बसेको थियो।  सामान्य मानिसको मुटु धड्किएको चाल मात्र पाइन्छ। तर, झिलियांगको मुटु हुनुपर्ने ठाउँमा त थिएननै, पेटमा भएको मुटु धड्किएको पनि बाहिरै स्पस्ट देखिन्य्यो।

‘कोनजेनिटल कार्डियक एक्सपोजर सिन्ड्रोम’ नामक रोगका कारण झिलियांगलाई यस्तो समस्या भएको हो। यस रोगबाट पीडित ९० प्रतिशत व्यक्ति जीवित रहन सक्दैनन्। तर, झिलियांग ती १० प्रतिशत व्यक्तिहरु मध्येका एक हुन्, जो जीवित रहेर मुस्किलले बाँचिरहेका थिए। जीवन मरणको दोसाँधबाट अब उनि उम्किएका छन्। झिलियांगका बाबुआमालाई विश्वासै थिएन कि उनी यति लामो समय बाँच्न सक्छन्। तर,  उनको  सफल शल्यक्रिया पछि यो सम्भव भयो। जसले उनका बावु आमालाई चकित तुल्‍याएको छ। 

केही समयअघि झिलियांगले एक समाचार पढे, जसमा उनको जस्तै समस्या भएका एक व्यक्तिले शल्यक्रियापछि स्वस्थ्य जीवनयापन गरेको खबर थियो।  ती व्यक्तिको मुटु पनि पुरानै अवस्थामा फर्किएको समाचारमा उल्लेख थियो। समाचार पढेपछि झिलियांगले आफ्नो कपाल काट्ने पेशा त्यागे र उनी ‘वुहान’ पुगे। वुहान पुगेर उनले चिकित्सकलाई सम्पर्क गरे। चिकित्सकले अहिले झिलियांगको उक्त समस्यालाई शल्यक्रिया मार्फत समाधान गरेको  ‘डेली मेल’ले उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ