arrow

प्रधानमन्त्री तराई गएमा नाकाबन्दी हट्छः थापा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
236941027.jpeg
धनकुटा । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री तराई झरेर मधेसी जनतालाई सम्झाएमा भारतले सिमानामा गरेको नाकाबन्दी हट्ने जिकिर गरेका छन् । 

नेपाल प्रेस युनियनले सोमबार बिहान यहाँ गरेको पत्रकार सम्मेलनमा सांसद थापाले भारतले मधेसको आन्दोलनलाई आधार बनाएर नाकाबन्दी गरेकाले मधेसीलाई सम्झाउन सकेमा नाकाबन्दी हट्ने विश्वास व्यक्त गरे । 

नेता थापाले आन्दोलनरत मधेसीलाई पनि संसद्मा आवाज उठाउने ठाउँ हुँदा हुँदै नाकामा अवरोध गरेर जनतालाई नसताउन आग्रह गरे । शत्रुलाई पनि गर्न नहुने गरी भारतले गरेको नाकाबन्दी अमानवीय भएको बताउँदै उनले आपत्ति जनाउनुभयो । एक फरक प्रसङ्गमा नेता थापाले काँग्रेसभित्र गुटबन्दी आगामी महाधिवेशनले अन्त्य गरेरै छाड्ने जिकिर  गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ