arrow

एनआरएनएको अध्यक्षमा कुल आचार्यले गरे उमेद्वारी घोषणा

बेलायतका सबै पक्षको उपस्थितिमा गरे उमेद्वारी घोषणा

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
kul-acharya-nrn-chairman-candidacy.jpg

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२१को अध्यक्षको लागि वहालवाला उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। 

वेलायतको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पुनम गुरुङ तथा प्रतिष्पर्धी शेर सुनार दुबैलाई साथमा राखेर आचार्यले आफ्नो उमेद्वारी घोषणा गरेका हुन्। आचार्यको साथमा एनआरएनए बेलायतका पूर्व अध्यक्षहरु पनि उमेद्वारी घोषणा कार्यक्रममा थिए।  

बेलायतमा स्थापित व्यवसायी व्यवसायीका रुपमा रहेका वर्तमान कार्यसमितिका उपाध्यक्ष आचार्यले ९ बुँदे प्रतिबद्धता सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

भूतपूर्व गोर्खा सैनिकहरुको बाक्लो बसोबास रहेको बेलायतको अल्डरशटस्थित एम्पायर हलमा घोषणा सभा मार्फत आचार्यले एनआरएन सीप विकास केन्द्र स्थापना गर्ने, नेपालको समृद्ध, नेपालमा लगानी, समान पेन्सन्, भिजन २०२०, सडक सुरक्षा, पत्रकारीता पुरस्कार, दोस्रो पुस्ता लगायतका विषयमा आफुले काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

आचार्यले सशक्त एनआरएन, गतिशील नेतृत्व नारालाई अघी सारेका छन्। आफ्नो उमेद्वारी बारे आचार्यले भने “अग्रजहरु तथा संसार भरि रहनु भएका शुभचिन्तक तथा मित्रहरुसंग सरसल्लाह गरी एनआरएन अभियानलाई नयाँ गति र दिशा दिने अठोटका साथ मैले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु। विगतमा झैँ यो अभियानमा पनि सबै अग्रजहरु, मित्रहरु र शुभचिन्तकहरुको साथ, सुझाव र समर्थन पाउनेमा म विश्वस्त छु”।

एनआरएनएको उमेद्वार बेलायतबाट पाएकोमा खुसी व्यक्त गर्दै एनआरएनए अभियन्ताहरुले आचार्यलाई सहयोग गर्ने प्रतिवद्धता सहित शुभकामना दिएका थिए। संघको नवौं महाधिवेशन १५ देखी १७ अक्टोवरमा काठमाडौंमा हुदैछ । 

आचार्यको प्रतिबद्धता पत्रको पूर्णपाठ

‘सशक्त एनआरएन, गतिशील नेतृत्व’

गैरआवासीय नेपाली संघको केन्द्रिय अध्यक्ष ९२०१९(२१० पदका उम्मेदवार कुल आचार्यको संक्षिप्त प्रतिबद्धतापत्र

 आदरणीय गैरआवासीय नेपाली साथीहरुमा मेरो सादर नमस्कार,

आगामी अक्टोबर महिनाको १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुन गइरहेको नवौं विश्व सम्मेलन अघि संघका ८० वटै राष्ट्रिय सम्मेलन र राष्ट्रिय समन्वय परिषद्को नेतृत्व चयन प्रक्रिया सम्पन्न भइसकेको छ । भर्खरै सम्पन्न राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय समन्वय परिषद्को नेतृत्वमा निर्वाचित तथा विश्व सम्मेलनका लागि चुनिनु भएका सम्पूर्ण प्रतिनिधि साथीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु ।

हाम्रा अग्रजहरूले दूरगामी ‘भिजन’ र मातृभूमिको विकासमा योगदान गर्ने उदेश्यका साथ स्थापना गरिएको एनआरएनएलाई मौलिक दृष्टिकोण र ठोस प्रतिवद्धताका साथ अगाडि बढाउने ‘भिजनरी’ नेतृत्व आजको आवश्यकता हो र त्यसैले संस्थाको भिजन र उदेश्यलाई मार्ग निर्देशक सिद्धान्त मानेर अग्रज तथा बौद्धिक समुदायको सुझावलाई आत्मसात गर्दै संस्थालाई अझ गतिशील, सशक्त, संस्थागत र समावेशी बनाउने संकल्प गरेको छु । आसन्न विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएनको उदेश्य, भूमिका, भविष्य, नेतृत्व र चुनौतीका बारेमा आफ्ना केही दृष्टिकोण र प्रस्तावहरु साथीहरु समक्ष राख्न चाहन्छु।

१) समृद्ध नेपाल ९ हाम्रै जीवन कालमा हाम्रा दुई छिमेकीहरु, भारत र चिन, उदाउंदो शक्तिको रुपमा विश्व रंगमंचमा अगाडी आईरहंदा हामी यथास्थितिमा रही रहन सक्दैनौं। सिंगो नेपाल र नेपाली डायस्पोरा समृद्ध नेपाल अभियानका लागि कटिवद्ध छौं। नेपाल समृद्ध भए मात्र नेपालीको इज्जत बढ्छ । त्यसैले आर्थिक मात्रै हैन संसार भरि फैलिएका गैर आवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, क्षमता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि बौद्धिक तथा आर्थिक लगानी मार्फत भित्र्याउन म ठोस कार्ययोजना सहित अगाडी बढ्ने छु।

२) मर्यादित तथा व्यवस्थित वैदेशिक रोजगार देश निर्माणको आधार नेपाल सरकार, विदेशस्थित कूटनीतिक निकायहरु तथा गैरआवासीय नेपालीहरुको विश्वव्यापी संजालबीच सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रलाइ मर्यादित र व्यवस्थित बनाउनेतर्फ मैले निम्न लिखित कामहरू गर्नेछु।

 आगामी दुई वर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोब्बर गर्ने छु ।

 वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका नेपाली दाजु, भाइ तथा दिदी बहिनीहरूको समस्या बुझ्न र समाधानको पहल गर्न एनआरएएनए हटलाइनको व्यवस्था गर्नेछु ।

 एनआरएन सीप विकास केन्द्र ९ल्च्ल्ब् क्पष्िि म्भखभयिऊभलत ऋभलतचभ ० को स्थापना गर्न पहल गर्नेछु ।

 विदेशमा काम गरेर फर्केका नेपालीहरुको संजाल बनाई उहाँहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउन पहल गर्ने छु।

३) झन्झटमुक्त गैरआवासीय नेपाली नागरिकता ९ अहिलेको आवश्यकता नागरिकता निरन्तरताको मागलाई निरन्तरता दिँदै संसदीय प्रकृयामा रहेको विधेयकलाई नेपालको संविधान र एनआरएन समुदायको भावना अनुरूप निष्कर्षमा पुर्याउन निर्णायक पहल गर्नेछु । यो प्रक्रियालाई सरल र छिटोछरितो बनाउनुका साथै गैर आवासीय नेपाली नागरिकताको आधारमा छुट्टै पासपोर्ट उपलब्ध गराउने व्यवस्था मिलाउन मैले पहल गर्नेछु।

 नेपाली नागरिकको हैसियतको हाम्रो सम्पत्ती गैर आवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन पहल गर्नेछु।

 समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीलाई बेलायत ल्याउन दिनु पर्ने भूतपूर्व गोर्खा सैनिकहरुको मागमा मेरो पूर्ण समर्थन छ। हाल बेलायतमा बसोबास गरीरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरुसंग मैले पहल गर्ने छु।

 यी सबै विषयहरु समेट्ने गरी नयाँ आइसीसी चुनिएको १०० दिन भित्र ‘गैर आवासीय नेपाली सम्बन्धी अध्यादेश २०७६’  तयार गरी नेपाल सरकारलाई बुझाइनेछ। यो विषयको गम्भीरतालाई बुझी यथाशिघ्र अध्यादेश जारी गर्न हरसम्भव पहल गर्ने छु।

४) नेपालमा लगानीः उन्नतिको बिहानी- गैर आवासीय नेपाली लगानीकर्ताहरु बाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्बन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेछु । बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (BIPPA) एवं दोहोरो करमुक्ति सम्झौता (DTAA) जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गर्ने छु। नेपालका सबै नियोगहरुमा एनआरएनए एनसीसीहरुलाई पनि समावेश गरी स्थाई प्रकृतिको “आर्थिक कूटनीति समिति” बनाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गर्ने छु ।

गत मार्च महिनामा काठमाडौँमा सम्पन्न नेपाल लगानी सम्मेलनमा एनआरएनए र नेपाल सरकारबीच रु दस अर्ब बराबरको गैरआवासीय नेपाली संघ लगानी कोष स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर भए अनुरूप नयाँ समिति निर्वाचित भएको एक महिना भित्र संयन्त्र बनाइ काम अगाडी बढाउने छु ।

५) ‘ब्रेन ड्रेन’बाट ‘ब्रेन गेन’तर्फ हालै नेपाल सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत ‘ब्रेन गेन सेन्टर’ स्थापना गरेको छ, जुन सकारात्मक छ । गत वर्ष संघको आयोजनामा काठमाडौँमा आयोजित पहिलो विश्व ज्ञान सम्मेलनका सिफारिसहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गर्नेछु। यसैगरी गैरआवासीय नेपाली संघअन्तर्गत गत वर्ष स्थापित नेपाल पलिसी इन्स्टीच्युटलाई स्रोत९साधन सम्पन्न बनाई नेपाल सरकारले प्राथमिकता तोकेका क्षेत्रमा सरकारसंग सहकार्य गरी थप प्रभावकारी बनाउने छु। त्यस्तै एउटा प्रभावकारी एनआरएनए एकेडेमी स्थापना गर्न पहल गर्ने छु।

६) संस्थागत सुधार स् भिजन २०२० एण्ड वियोंड आदरणीय पूर्व अध्यक्ष शेष घलेको कार्यकालमा तयार पारिएको तथा एनआरएनए आइसीसीद्वारा पारित ‘भिजन २०२० एण्ड बियोंड’ अवधारणापत्रलाई अनुसरण गर्दै चरणवद्धरूपमा कार्यान्वयन गर्नेछु। आगामी २ वर्ष भित्र सदस्य संख्या कम्तिमा एक लाख पुराउन विशेष अभियान संचालन गर्ने छु। केन्द्रिय सचिवालयलाई व्यवस्थित बनाउने छु। संघका एनसीसी तथा सदस्यहरुद्वारा गरिने सबै कल्याणकारी कामहरु एनआरएनए फाउन्डेशन मार्फत हुने व्यवस्था मिलाउने छु ।

एमआइएस  सूचना प्रणालीलाई अरु बढी व्यवस्थित र पारदर्शी बनाउने छु । एनसीसी तथा आइसीसीमा समेत नेतृत्व चुन्न अनलाइन भोटिंग प्रणाली शुरु गर्न प्रोत्साहन गर्ने छु । नेपाल पलिसी इन्स्टीच्युटले सार्वजनिक नीतिसंग सम्बन्धित जनचासोका विषयहरु तथा विकल्पका बारेमा नेपाल तथा नेपाली डायस्पोरालाई सुसूचित गरी छलफलमा समेत ल्याउन सक्ने गरी उपयुक्त वातावरण निर्माण गर्न सघाउने छु।

अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमान तथा इज्जत र प्रतिष्ठा अभिबृद्धि गर्ने तथा विदेशमा हुर्किरहेका दोस्रो तथा युवा पुस्तालाई नेपाल र नेपाली भाषा, सभ्यता र संस्कृतिसंग जोड्नु मेरो उच्च प्राथमिकता हुनेछन । त्यसका लागि आगामी दुई वर्ष भित्र विश्व समन्वय समिति, केन्द्रीय सचिवालय तथा सबै राष्ट्रिय समन्वय समितिहरुसंग सहकार्य गरी कार्यान्वयन गर्नेछु।

७) युवा तथा महिलाः सबै आयोजनमा पहिला संस्थागत रुपमै नेतृत्व तहमा महिलालाई पुर्याउन म प्रतिवद्ध छु। संघका सबै कार्यक्रमहरुमा प्रवासी महिलासंग सम्वद्ध विषयहरुलाई प्राथमिकता दिनेछु  यसैगरी गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई नेपालसंग भावनात्मकरुपमा जोड्न मैले निम्न कार्यक्रम ल्याउने छु ।

 ‘नेपाल चिनौं’ अभियानस् स् विदेशमा जन्मिएका र हुर्किएका किशोर किशोरीहरुलाई नेपाल लाने तथा नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्ने

 ‘नेक्स्ट जेन’ अभियानस्ः ९हरेक एनसीसीले आफु कार्यरत मुलुकमा युवा, विद्यार्थीको हितका लागि रचनात्मक कार्यक्रम ल्याउने र त्यसको नेतृत्व युवा फोरमलाई दिने०

 ‘एनआरएनए युवा तारा’ अभियानः सबै एनसीसीहरुलाई विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्ष मुनिका युवाहरुलाई सम्मान गरी एनआरएन अभियानसंग आवद्ध गर्ने

 युवाहरुको उर्जा, सोंच र उद्यमशीलतालाई गैर आवासीय नेपाली अभियानसंग जोड्नुका साथै प्रवासमा रहेका युवाहरुले आफु कार्यरत मुलुक तथा नेपालमा संचालन गरिरहेका कल्याणकारी परियोजनाहरुलाई सक्दो सहयोग पुराउन एउटा संयन्त्र बनाउने छु ।

 विदेशमा रहेका एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउनका लागि एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्न पहल गर्ने छु ।

८) सडक सुरक्षाः जीवन रक्षा विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्दा औषत करीव १३ नेपालीको प्रत्येक दिन सडक दुर्घटनामा ज्यान गइरहेको छ। उक्त समस्या समाधान गर्न गैरआवासीय नेपाली संघले सडक सुरक्षाकालागि नेपाल सरकारसंग सहकार्य गर्दै आएको छ । त्यस्तो सहकार्यलाई थप उपलब्धिमूलक बनाउन योजनावद्ध रुपमा काम गर्ने छु।

९) पर्यटन प्रबर्द्धनः हाम्रो मिशन नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउन पर्यटनसम्बन्धी कार्यक्रमहरु आयोजना गर्न सबै एनसीसीहरूलाई प्रोत्साहित गर्नेछु । संघकोतर्फबाट हरेक मुलुकमा सम्बन्धित एनसीसीका अध्यक्षलाई नै पर्यटन दूत घोषणा गरी नेपाल सरकार, नेपाल पर्यटन बोर्डसंग समन्वय गरी प्रभावकारी कार्यक्रमहरु कार्यन्वयन गर्नेछु ।

१०) मातृभूमिमा समृद्धि, कर्म भूमिमा संस्कृति जहाँ बसे पनि हामी नेपाली हौँ । नेपाली भाषा, भेष, साहित्य, संस्कृति, कला हाम्रा पहिचान हुन् । त्यसैले नेपाली भाषा, साहित्य, संस्कृति र कलाको संवर्द्धन तथा प्रवर्द्धन गर्न मेरो कार्यकालमा निम्न लिखित कार्यहरू गर्नेछु ।

 ‘जोगाऔं भाषा, जोगाऔं संस्कृति’ भन्ने मूल सन्देश सहित विश्वका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरूमा नेपाली र नेपालका अन्य भाषा तथा साहित्यका विषयमा भएका अध्ययन तथा अनुसन्धानको खोज गरी त्यस्ता प्राज्ञिक गतिविधिलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने ।

 खास गरी प्रवासमा हुर्की रहेका हाम्रा नानीहरुलाई नेपाली भाषाप्रति रुचि जगाउन “घर भित्र बोलौं नेपाली” अभियान संचालन।

 प्रवासमा नेपाली कक्षा संचालन गर्नका लागि गतिलो पाठ्यक्रम, पाठ्यपुस्तक र मोबाइल एप्स निर्माण गर्न केन्द्रबाट पहल गर्ने छु ।

 मेरै नेतृत्वमा नेपाल पत्रकार महासंघ बेलायत शाखासंग सहकार्य गर्दै एनआरएनए अन्तर्रा्ष्ट्रिय पत्रकारिता पुरस्कार कोष बेलायतबाट स्थापना भएको थियो । दुई वर्ष भित्र सो पुरस्कारको रकम दोब्बर गर्ने छु।

 प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान दिने व्यक्ति, संस्था वा अभियानलाई प्रवर्द्धन र प्रोत्साहन गर्न संघ का एनसीसीहरुसंग सहकार्य गरी आगामी एक वर्ष भित्र केन्द्रीयस्तरमा प्रतिष्ठित ’एनआरएनए भाषा९साहित्य पुरस्कार कोष’ को स्थापना गर्नेछु। उपरोक्त कार्ययोजनाहरू बाहेक गैर आवासीय नेपाली संघले गोर्खाको लाप्राकमा शुरु गरेको नमुना आवास आयोजनालाई सम्पन्न गरी स्थानीय समुदायलाई हस्तान्तरण गर्न मैले पहल गर्ने छु।

संघद्वारा संचालित सबै परियोजनाहरुको समीक्षा गरी तिनलाई समयमै सम्पन्न गर्न र दिगो एवं प्रभावकारी तुल्याउन निर्देशन दिने छु। “एनआरएन हाम्रो, बनाऔं यसलाई अरु राम्रो” भन्ने यस अभियानमा विगत जस्तै तपाईं सबै साथीहरुको सुझाव, सल्लाह र समर्थनका लागि हार्दिक अनुरोध गर्दछु।

जय गैरआवासीय नेपाली समुदाय 

कुल आचार्य उपाध्यक्ष,

एनआरएनए तथा २०१९-२१ का

लागि गैरआवासीय नेपाली संघको केन्द्रीय अध्यक्ष पदका उम्मेदवार

लन्डन, २४ सेप्टेम्बर २०१९

मेरो उम्मेदवारी किन ?

 एनआरएनएलाई प्रत्येक प्रवासी नेपालीको साझा संस्था बनाउन

  गैरआवासीय नेपाली संघलाई सशक्त, समावेशी र गतिशील बनाउन

 मध्य पूर्व तथा मलेसियालगायतका देशमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुरक्षित आप्रवासन र रोजगारीको सुरक्षाका साथै मर्यादित र व्यवस्थित वैदेशिक रोजगार सुनिश्चित गर्न

 संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता विधेयकलाई संविधानको भावना तथा सम्पूर्ण गैरआवासीय नेपाली समुदायको चाहनाअनुसार पारित गराउन ठोस भूमिका निर्वाह गर्न

 संसारभरि फैलिएका नेपालीहरुको सीप, क्षमता, आर्थिक तथा बौद्धिक लगानी मातृभूमिमा भित्र्याउन

 मातृभूमिको विकास र समृद्धिका लागि नेपाल सरकारसंग निकट सहकार्य गरी प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ