arrow

जिल्लामा रहेका विरामीलाई आर्थिक सहायेगार्थ सांस्कृतिक कार्यक्रम, वडाध्यक्षबाट महिना दिनको तलव

logo
मुरली गोडिया,
प्रकाशित २०७६ असोज ८ बुधबार
h_(1).jpg

गुलरिया,बर्दिया । बर्दियामा विरामीको आर्थिक सहयोगका निम्ती बृहत सांस्कृतिका कार्यक्रम गर्न लागिएको छ । जिल्लामा रहेका क्यान्सर तथा अन्य भयानक रोगबाट पिडित भई आर्थिक अभावका कारण उपचारमा कठिनाई भोगी रहेका विरामीको सहयोगार्थ स्वरुप २ दिने बृहत सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

 बर्दिया समुदायिक संचार केन्द्र द्धारा संचालित रेडियो बबई १०६ मेगाहर्ज बर्दिया, गुलरिया र आर जे म्युजिक प्रा. ली. काठमाण्डौको संयुक्त अयोजनामा असोज १० र ११ गते गु्लरिया स्थीत श्री बंगला मुखी राधाकृष्ण थारु माविमा उक्त विरामीको आर्थिक सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम संचालन हुन लागेको हो ।

बर्दिया जिल्लामा गरिबीका कारण ब्लड क्यासंर तथा अन्य भयावह अवस्थामा पुर्‍याउने खालका रोगी पिडितहरुको नाम संकलन गरि ति विरामी मध्ये छनौट गरि आर्थिक दृष्टीकोण तथा पहुँचका आधारले अति पिडित अवस्थामा रहेका विरामीलाई आर्थिक सहयोग गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको रेडियो बबई १०६ मेगाहर्जका प्रबन्ध निर्देशक इन्द्र कुमार श्रेष्ठले बताए।

यस अघि द्वय आयोजकले जिल्लाका विभिन्न निकायका व्यक्तित्व तथा स्थानिय जनप्रतिनीधीहरुबाट कार्यक्रम गर्न लागिएको भन्दै सवैसंग सल्लाह सुझाव समेत संकलन गरेको थियो । सोही अवसरमा गुलरिया नगरपालिका वडा नम्बर ७ की वडा अध्यक्ष गीता बस्नेतले आफुले पाउँदै आएको १ महिनाको पारिश्रमिक पिडितलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

 सोही अनुरुप कार्यक्रममा व्यापक सहभागीताका लागी प्रचारप्रसारको कार्यलाई तिव्र बनाइएको आयोजकले जनाएको छ । कार्यक्रममा निशुल्क रुपमा प्रवेश गर्न पाइन भन्दै गायक तथा आर जे म्युजिक प्रा. ली.का अध्यक्ष रामजी दैलेखीले  राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकार आउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ