arrow

एनआईसी एशियाद्वारा बैंकका खातावालालाई बीमा रकम भुक्तानी

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
NIC_ASIA_insurace_claim_reimbursement_pic__tConvAyP7x.jpg

काठमाडौं।  एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो बचत खाताको योजना अन्तर्गत विभिन्न खातावाल ग्राहकहरुलाई बीमा सुविधा अन्तर्गतको  रकम दाबी भुक्तानी गरेको छ । बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बिमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार  भुक्तानी गरिएको बैंकले जनाएको  छ । 

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५ सय , नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९ सय , कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई ५९ हजार ९ सय, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४ सय  र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई  २८ हजार ७ सय रकम भुक्तानी गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ