arrow

चार राउण्ड गोली हानि डाका समातियो, पत्रकार सम्मेलनमा एसपीले यसो भने

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज ९ बिहिबार
daka1.jpg

जनकपुरधाम । जनकपुरधाममा डकैती गरेर भागिरहेका चार जना डाकालाई धनुषा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।  बिहीबार बिहान डकैती गरेर भागिरहेको डाकासँग भएको कटुवा पेस्तोल चलाउन खोजेपछि प्रहरीले चार राण्ड गोली फायर गरेको हो ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  २ स्थित जानकी फर्निशिंग पसलमा प्रहरीका अनुसार बिहान ३ बजे डकैती गर्न आएका ४ जना डाकालाई धनुषा प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।

शिव चोक र भानु चोककोबीचमा रहेको सो  जनकपुरधाम उपमहानगरपालिकाको मुख्य गेट उक्त पसलमा डाका गरी रहेको अवस्थामा प्रहरीले देखेपछि उनीहरु भाग्न खाजेका थिए ।

हतियारसहित प्रकाउ परेका ४ जना मध्ये एउटालाई घटनास्थलमै पक्राउ गरेको थियो भने अर्का एकजनालाई जनकपुर उद्योग वाणिज्य संघ को गलीमा  खुट्टामा गोली हानेर पक्राउ गरेका बिहीबार धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक शेखर खनालले पत्रकार समेलनमा बताए ।

एसपी खनालका अनुसार भागिरहेको अवस्थामा थप २ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको बताए । डाकाहरुको साथबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोली, ताल्चा काटने कटर एक थान, नेपाली रुपैयाँ १० का नोट ७० थान,ठूलो पेचकस,उक्त पसल मा लगाउने ताल्चा काटेको २ थान र मोबाइल एक थान डाकाहरुको  साथबाट  बरामद गरिएको बताए  ।

पक्राउ पर्नेहरुमा  भारत बिहार राज्य  बर्गिनिया बस्ने ३९ बर्षिय  उजीर अन्सारी र सितामढी जिल्ला पिप्राढी   इस्लामपुर बस्ने ४० बर्षिय मोहम्मद इलियास नाम गरेको व्यक्ति रहेका छन, भने नेपाल रौतहट जिल्ला वृंदावन नगरपालिका रमौल बैरिया बस्ने ३५ बर्षिय गगन पटेल र गौर नगरपालिका वडा नम्बर ४ बस्ने  ४५ बर्षिय विनोद प्रसाद सिंह रहेका पत्रकार समेलनमा  एसपी खनालले बताए ।

गोली हानेर पक्राउ परेका बिनोद प्रसाद सिंहको खुट्टामा गोली लागेको छ । सिंहको  जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेका छन ।  जिल्ला प्रहरी कार्यालय धनुषाले  सम्मेलनमा डाकाहरुलाई सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाले सम्मेलनमा दशैं, तिहारलगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको छ।

यता,चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाइ जिल्लाको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाका विभिन्न १२ स्थानमा सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ भने विभिन्न स्थललाई विशेष सुरक्षा निगरानीमा समेत राखिएका छन ।

त्यसैगरी चाडबाडमा बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, बजारमा विशेष निगरानी गरिएको समेत उपरीक्षक खनालले बताए । सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा प्रहरी गस्ती गाडी, मोटरसाइकल लगायतको साधनबाट ५२ वटा गस्ती टोली परिचालन गरिए बताए ।

धनुषा प्रहरीले दशैं, तिहार चाडपर्व लक्षित गरी सुरक्षा योजनालाई प्रभावकारी बनाउन नगर भित्र ४ सय ८५ जना प्रहरी जनशक्ति  परिचालन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ