arrow

महासंघ र पूर्व माओवादीका स्थानीय अध्यक्षसहित दुई सय कार्यकर्ता नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार

सर्लाही । सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि दुई सय नेता कार्यकर्ता  कांग्रेसमा प्रवेश गरेका छन् । सर्लाहीको पूर्वपश्चिम राजमार्गको हरिवनमा भएको कांग्रेस कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका करिब दुई सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा आदिवासी जनजाती महासंघ हरिवन अध्यक्ष बुद्धिमान घलान, पूर्व माओवादी घुर्कौलीका अध्यक्ष दानबहादुर मोक्तान, राजपाका क्षेत्रीय कोषाध्यक्ष नागेश्वर महतो लगायत दुई सय कार्यकर्ता पार्टी प्रवेश गरेको हरिवनका युवा नेता युवराज कार्कीले जानकारी दिए ।

नवप्रवेशीलाई  पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतले स्वागत गरेका थिए भने कांग्रेस हरिवन नगर सभापति रामशरण उप्रेतीले खादा र अबिर लगाइदिएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दैँ प्रमुख अतिथी डा.महतले विश्वको धेरै मुलुकबाट हराउँदै गएको साम्यवाद त्यागेर लोकतान्त्रीक शक्तिमा प्रवेश गरेकोमा आफुलाई खुशी लागेको बताए । यस ठाँउको प्रत्येक समस्याको बारेमा आफुँ जानकार रहेको र यसको समाधानमा लागि पर्ने धारणा व्यक्त गरे ।

सर्लाहीका किसानको उखुको रकम भुक्तानीको समस्या, यातायात तथा सडकको समस्या लगायतका समस्याको बारेमा जानकार रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ