arrow

बैंक ऋण ठगीमा किर्ते कागज बनाउने कर्मचारी पनि पक्राउ, सिआइवीद्धारा ११ नियन्त्रणमा  

logo
प्रकाशित २०७६ असोज ९ बिहिबार
cib.jpg

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान यूरो (सिआइवी) पक्राउ गरेको छ । एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचारी भेषराज खत्रीलाई पक्राउ गरिएको हो ।     
     
फरार रहेका उनलाई पक्राउ गरी बिहीबार ललितपुर जिल्ला अदालतमा पेश गरिएको सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । जग्गाको काजगात कीर्ते गरेर ऋण प्रवाह गरेको आरोपमा यसअघि बैंक अफ काठमाडौँका पूर्वप्रमुख कार्यकारी अधिकृतसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरिसकेको छ ।     
     
पक्राउ पर्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र ऋणी सुरेन्द्र श्रेष्ठसहित केही बैंकका पूर्वकर्मचारी र केही बहालवाला कर्मचारी पनि छन् । 

उनीहरुले मिलेमतोमा खोलाको जग्गाको नक्कली कागजात बनाएर सुरेन्द्र श्रेष्ठलाई ऋण दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

उनीहरुले तीन वर्षअघि कीर्ते गरेर करोडौँ रकम ऋणको रुपमा निकासा गरेका थिए ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ