arrow

यी मापदण्ड पुरा भएमात्र ७० वर्ष माथिकाले पाउनेछन् विमानमा छुट

logo
प्रकाशित २०७६ असोज १० शुक्रबार
nepal-airlines-dang.jpg

काठमाडौं । वायुसेवा संचालक संघले ७० वर्ष माथिकाले विमानमा छुट पाउनको लागि मापदण्ड तोकेको छ । ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकले हवाई भाडामा ५० प्रतिशत छुट पाउनका लागि  सम्बन्धित वायुसेवा कम्पनीको कार्यालयमा पुगि स्वयमले आफू विपन्न भएको व्यहोरा स्व- घोषणा गर्नु पर्ने संघले जनाएको छ ।

साथै उक्त छुट सुविधा अपर लिमिटको हवाई भाडादरमा मात्र लागु हुनेछ। टंक रुटमा हवाई सेवा संचालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उपलब्ध गराउने छन् । स्टल रुटमा हवाई सेवा संचालन गर्ने वायुसेवा कम्पनीहरुले प्रतिदिन प्रति सेक्टरमा १ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सविधा उपलब्ध गराउने छन् ।

संघको साधारण सभामा मन्त्रीले वायुसेवा कम्पनीहरुको हकहित, दिगो विकास र संरक्षणका लागि विभिन्न छुट सहुलियत दिनुपर्ने बताएका थिए । मन्त्रालयमा भएका विभिन्न बैठक, छलफल तथा विपन्न जेष्ठ नागरिकप्रति उच्च सम्मान गर्दै संघको असोज ९ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।

यो छुट सुविधा असोज १२ गते घटस्थापनाको दिनदेखि लागु हुने संघका अध्यक्ष क्या रामेश्वर थापाले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख प्राथमिकताका कार्यक्रम ०७६/०७७ कार्ययोजना २०७६ को बुदा नं.५९ मा ७० वर्ष माथिका विपन्न जेष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडमा ५० प्रतिशत छुट दिने गरी सरोकारवालासँग छलफल गरी तीन महिना भित्र कार्यान्वयन गर्ने घोषणा गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ