arrow

मिटर ब्याजी लिने परदेशीलाई कारागार चलान गर्न अदालतको आदेश

logo
प्रकाशित २०७६ असोज १० शुक्रबार
syam-pardeshi.jpg

सर्लाही। जिल्ला अदालत सर्लाहीले ठगीको आरोपमा पक्राउ परेका मिटर ब्याजी श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।

शुक्रवार जिल्ला अदालत सर्लाहीका एक नम्वर न्यायधिश कृष्णराम कोइरालाको एकल ईजलासले साहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार मुकुन्द आचार्यले जानकारी दिए। साहसँग शुक्रवार नै बयान लिइएको थियो ।   
 
ठगी मुद्दामा पक्राउ परेका परदेशीले नक्कली तमसुक बनाउने गरेको, चलनचल्तीको ब्याजको दर भन्दा निकै बढी दरमा ऋण प्रवाह गरेको, महिला तथा बालिकालाई अभद्र व्यवहार गरिएको जस्ता आरोप लगाइएको छ । सोही आरोप लगाउँदै जाहेरी परेपछि प्रहरीले गत भदौ १५ गते साँझ सदरमुकाम मलङ्गवाबाट परदेशीलाई पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गरेको थियो । अदालतले सुक्रवार पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएकाले परदेशीलाई रौतहट सदरमुकामस्थित गौर कारागार चलान गरिने सर्लाही प्रहरीका प्रवक्ता डीएसपी प्रतितसिंह राठोरले बताए।

सर्लाहीमा कारागार भवन नरहेकाले यहाँ विभिन्न अभियोगमा पक्राउ परेकाहरुलाई अदालतको आदेशपछि छिमेकी जिल्लाका कारागारमा चलान गरिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ