arrow

मृगौला पिडित देवी पल्ली बचाउन स्वदेश तथा विदेशमा आर्थिक संकलन

ग्लोबल आइएमइ बैङ्कमा खाता नं. ०८०७०१००१३८४२

logo
कौरव खत्री,
प्रकाशित २०७६ असोज ११ शनिबार
debi-palli1.jpg

गुल्मी।  गुल्मी मुसिकोटकी मृगौला पिडित देवी पल्ली बचाउ अभियानको लागि स्वदेश तथा विदेशमा आर्थिक सहयोग संकलन जुट्दै गएको छ ।

मुसिकोट नगरपालिका ४ बडागाँउ डाथोक निवासी २२ बर्षीय देवी पल्लीको दुवै मृगौलाबाट पिडितको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनका लागि विभिन्न व्यक्तिहरुको सक्रियतामा  विगत १ महिनादेखि देवी पल्ली बचाउ अभियान मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको समाजसेवी तथा अभियान्ता सुमेन्द्र सिंह ठकुरीले जानकारी दिए ।

हाल काठमाण्डौको टिचिङ्ग हस्पिटलमा उपचार गराईरहेकी मृगौला पिडित पल्लीको सहयोगका लागि श्याम बहादुर राकसकोटी र गिता बहादुर पल्लीको संयुक्त नाममा रहेको ग्लोबल आइएमइ बैङ्कमा खाता नं. ०८०७०१००१३८४२ खातामा सिधै रकम जम्मा गर्न सकिने छ ।

मृगौला पिडित पल्लीको सहयोगका लागि विदेश अन्र्तगत जापानमा हुकुम कार्की,आकाश बराल,प्रदिप सिंह र प्रेम कार्की अमेरिकामा बिष्णु कार्की,दुवईमा दिनेश सिंह र भारतमा कर्ण कार्की एवं नेपालको काठमाण्डौमा जमुना राना,पदम सिंह,करन विश्वकर्मा,गुल्मी चारपालमा नारायण खत्री एवं बडागाँउमा पुष्पा बरम्ले,बोम पल्ली र पृथ्वी माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु  लगायत मार्फत आर्थिक सहयोग संकलन अभियान थालिएको समाजसेवी तथा अभियान्ता सिंह ठकुरीले जानकारी दिए ।

हालसम्म मृगौला पिडित पल्लीको लागि स्वदेश तथा विदेशबाट गरि झण्डै ३ लाख आर्थिक सहयोग संकलन भएको सामाजसेवी सिंह ठकुरीले जानकारी दिए ।

विगत डेढ महिनादेखि दुबै मृगौलाबाट पिडित बनेकी पल्लीको घरको आर्थिक अवस्था कमजोर रहेकोले उनको स्वास्थ्य उपचारमा आफूसक्दो  सहयोग गरिदिन समाजसेवी तथा अभियान्ता सिंह ठकुरीले आग्रह गरे ।

साथै सामाजिक अभियान्ता सिंह ठकुरीले देशका विभिन्न  स्थानमा रहेका पिडित व्यक्तिहरुको लागि सहयोग जुटाउन विगत केहि बर्षदेखि सामाजिक रुपमा सक्रियताका साथ सहयोग गदै आइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ