arrow

वाह दशैं

logo
प्रमोदहरि गुरागाईं
प्रकाशित २०७६ असोज ११ शनिबार
pramodhari.jpg

घरसँगै जोडिएको गोठ
मलको थुप्रोको साग
खेतको लहलह धान
खोलाको निरन्तर संगित
फलैंचामा पलेटी
टपरीमा मासु चिउरा
खल्पिको अचार
वाह दशैं ।

देऊरालीमा लठारे पिङ
नानीहरुको पहिलो पालो
युवा युवतीको दोहोरो मच्चाई
अगुवाहरुको पनि चचहुई
सितल बतास
मीठो पिरती
वाह दशैं ।

वेटरीको कालोले पोतिएको झ्याल ढोकाहरु
रातो माटो र कमेरोले लिपिएका भित्ताहरु
नयाँ नानामा सजिएका वस्तिहरु
तिक्तता बिर्षिएका मनहरु
भ्याई नभ्याई आतिथ्यहरु
लाला बाला सहित भेटिएका 
अपूर्ण प्रेमहरु
शुभकामनाका लहरहरु
चन्चल अनि मीठो शुवासहरु
वाह दशैं ।

नीलो आकाशको सितलता मुनी
पारीलो घामको ताप बोकेर
मखमली, सयपत्रीले सजिएका आँगनहरु
तरल संगै बहेका मनहरु
उमेर अनुसारका योजनाहरु
पुस्तौं पुस्ताका अनुभवहरु
आत्मीय आशिर्वादहरु 
वाह दशैं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ