arrow

गैरीधारामा इसुजुको नयाँ शोरुम सञ्चालनमा

logo
प्रकाशित २०७६ असोज ११ शनिबार

काठमाडौं। इसुजु नेपालले काठमाडौं स्थित गैरीधारामा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले शुक्रबार गरेको एक कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले रिवन काट्दै उक्त सोरुमको उद्घाटन गरेका हुन्।  

शोरुम उद्घाटन समारोहमा बोल्दै कन्टिनेन्टलका प्रमुख सुहृदराज घिमिरेले कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल ल्याएको बताए। प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउनका लागि कम्पनीले नेपालभर १५ वटा सर्भिस नेटवर्क विस्तार गरिसकेको र चाँडै नै अन्य ठाउँमा पनि विस्तार गर्ने जनाए।   

इसुजुका नेपालमा हाल २५ लाख देखि एक करोड ४५ लाखसम्मको गाडी उपलब्ध रहेको उनले बताउदै उनले नेपालमा रहेका इसुजुका हजारौ ग्राहकहरु सन्तुष्ट रहेको दाबी गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ