arrow

सुरक्षासंयन्त्र परिचालन गरिए आपराधिक घटना न्यूनीकरण : मुख्यमन्त्री राउत

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असोज ११ शनिबार
province-2-security.jpg

जनकपुरधाम। जनकपुरधाममा दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिवार सम्पन्न भएको छ। गृह मन्त्रालय र प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा शुक्रवार सुरु भएको उक्त गोष्ठी शनिवार सम्पन्न भएको हो।

प्रदेशमा दिनानुदिन बढ्दै गएको आपराधिक घटनालाई न्यूनिकरण गर्ने उदेश्यकासाथ दुई दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सुरु भएको हो। प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले भारतसँगको खुल्ला सिमानाका कारण शान्ति सुरक्षा कायम गर्न चुनौति रहेको बताए। संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीयतहको समन्वय र सहकार्यमा सुरक्षासंयन्त्र परिचालन गरिए आपराधिक घटना न्यूनीकरण गर्न सकिने मुख्यमन्त्री राउतले बताए।

शुक्रवारदेखि जनकपुरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई शनिवार सम्बोधन  गर्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर दुईका सबै जिल्ला भारतसँग जोडिएर रहेको र सिमाक्षेत्र खुल्ला हुँदा शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको बताए। शान्ति सुरक्षा नै पहिलो सरकारको दायित्व रहेको भन्दै सहयोगका लागि आ–आफ्नो ठाउँबाट सबै पक्ष लाग्नुपर्नेमा मुख्यमन्त्री राउतको जोड थियो।

अपराधिक घटनालाई न्यूनीकरण गर्ने उद्देश्यकासाथ दुई दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए। गोष्ठीमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका पृतनापति नरेशचन्द भट्ट तथा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजीत राईलगायतको सहभागी थिए।

गोष्ठीमा प्रदेश नम्बर दुईका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक, सशस्त्र प्रहरी उपरिक्षक, नेपाली सेनाका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको पनि सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ