arrow

महासंघका ६ पूर्व अध्यक्षले रेडियो नेपालले निकालेका ३ पत्रकारको पक्षमा निकाले वक्तव्य

logo
प्रकाशित २०७६ असोज ११ शनिबार
FNJ_building.jpeg

काठमाडौं। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरुले रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दीपायलबाट निष्काशित पत्रकारको तत्काल पुनर्बहाली गर्न माग गरेका छन्।

महासंघका ६ जना पूर्व अध्यक्षहरुले शनिबार संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै विनाकारण निष्कासित पत्रकारको पुनर्बहालीका लागि महासंघ लामो समयदेखि आन्दोलनरत हुँदा पनि रेडियो नेपाल व्यवस्थापन र सूचना प्रविधि मन्त्रालयले यसबारे सुनुवाई नगर्नु खेदजनक भएको बताएका छन्।

रेडियो व्यवस्थापनलाई लामो समय कार्यरत पत्रकारलाई विनाकारण निष्कासित गर्ने गलत निर्णय तत्कालन सच्याउन माग गर्दै विज्ञप्तिमा महासंघलाई निरन्तर दबावका लागि सचेतसमेत गराइएको छ। विज्ञप्तिमा हरिहर विरही, किशोर नेपाल, तारानाथ दाहाल, डा शुरेस आचार्य, विष्णु निष्ठुरी र धर्मेन्द्र झाले हस्ताक्षर गरेका छन्।

रेडियो नेपाल व्यवस्थापन पक्षले सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई विनाकारण निष्कासित गरेको छ। पत्रकार पुनर्बहालीका लागि महासंघ, नेपाल प्रेस युनियन लगायत संस्था निरन्तर आन्दोलनमा छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ