arrow

नृत्य हेरेको हेर्‍यै भए अतिथी, दिए बकसीस

logo
मुरली गोडिया,
प्रकाशित २०७६ असोज १२ आइतबार
samjhana.jpg

गुलरिया,बर्दिया । शुक्रबारबाट गुलरियामा बृहत सांस्कृतिक कार्यक्रम संचालन भइरहेको थियो । कार्यक्रममा विस्तारै दर्शकहरुको उपस्थिती बढेदै गइरहेको थियो । शुक्रबार मंचमा विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारहरुले अआफनो प्रस्तुती गरे । शुक्रबारको दिन कार्यक्रममा अतिथीहरु आउने क्रम ढिलो सम्म रह्यो जसका कारण कता कता खल्लो जस्तो पनि भयो तर अतिथीहरु मंचमा आइसकेपछि औपचारिक कार्यक्रम शुरु हुन साथ राष्ट्रिय कलाकारमा गायीका पुजा पुरी, गायक रामजी दैलेखी, नृत्यङ्गगना विपना राना मगर, लगायत स्थानिय कलाकारले प्रतुति दिन शुरु गरे ।

दोस्रो दिन अर्थात शनिबारको दिन झन कार्यलय तथा शिक्षण संस्था विदाको दिन पर्‍यो । कार्यक्रम संचालन गोविन्द भारतीले गरि रहेका थिए । मंचमा कलाकार, अतिथी, लगायका व्यक्तीहरु बसेका थिए । जब मंचमा बर्दियाकी पहिलो डान्स आइडल सभ्mना सुनारको नाम आयो । दर्शकको हल्ला शुरु भयो । कति बेला उनको नृत्य हेर्न पाइन्छ भनि एक आपसमा कानेखुसी गरि रहेको प्रष्ट देखिन्थ्यो । त्यति मात्र नभई मंचमा अवलोकन गरि रहेको अतिथीको अनुहारमा फरक खुशी आएको शहजै अनुमान गर्न सकिन्थ्यो ।

नभन्दै कार्यक्रम संचालक गोविन्द भारतीले मंचमा सझना सुनारलाई बोलाए । आउने वित्तिकै उनले २ बटा गीतमा मात्र नृत्य गरिन, एउटा काले दाई............. काले दाई............... र एउटा भोजपुरी गीतमा उनले आफनो नृत्य मार्फत दर्शक तथा अतिथीको मन जित्न सफल भइन भने कार्यक्रममा अझै रौनकता थपिईन । उनको नृत्य हेरी अतिथीहरुले रु १ हजार, ५ सय सम्म खुशि भइ पुरस्कार दिए । सवै खुशी देखिन्थे । जिल्लामा रहेका क्यान्सर तथा अन्य भयानक रोगबाट पिडित भई आर्थिक अभावका कारण उपचारमा कठिनाई भोगी रहेका विरामीको सहयोगार्थ स्वरुप २ दिने बृहत सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

ठाकुरबाबा नगरपालिकाका मनोज अधिकारीका निम्ती उक्त सहयोग हुने अयोजकले जनाएको छ । भरतपुर चितवनमा उपचार गराई राखेका अधिकारीका बुबा पनि कार्यक्रममा उपस्थिती जनाएका थिए । भने मनोजले दर्शकहरु संग गरेको अपिललाई पनि कार्यक्रममा सुनाइएको थियो । बर्दियामा विरामीको आर्थिक सहयोगका निम्ती बृहत सांस्कृतिका कार्यक्रम गरिएको हो । बर्दिया समुदायिक संचार केन्द्र द्धारा संचालित रेडियो बबई १०६ मेगाहर्ज बर्दिया, गुलरिया र आर जे म्युजिक प्रा. ली. काठमाण्डौको संयुक्त अयोजनामा असोज १० र ११ गते गु्लरिया स्थीत श्री बंगला मुखी राधाकृष्ण थारु माविमा उक्त विरामीको आर्थिक सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ