arrow

नेकपाको चियापानमा एक लाखलाई निम्ता

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
ncp-.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाखलाई निम्ता दिदै कार्ड बाँड्ने भएको छ ।

  पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र  छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ ।

चियापानमा निम्ताका लागि  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । गत वर्ष पनि नेकपाले सोही ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ