arrow

नेकपाको जनमत निरन्तर ओरालो लागेका दृश्यहरु

logo
केदार सुवेदी,
प्रकाशित २०७६ असोज १३ सोमबार
ncp-down1.jpg

सडकमा प्रकट हुन थालेको सरकार विरुद्धको थामि  नसक्नुको जनसागर, देशका प्रवुद्ध वर्ग र अनुसन्धानकर्ताहरुले दिएका सूचना, विभिन्न वर्ग व्यवसायीका गोप्य मतदानबाट सत्ता समर्थक नेतृत्व लगातार विस्थापित हुदै गएको अवस्थाले मात्र होइन स्वयम् नेकपाकै  नेताहरुले वताइरहेका कुराले नै बुझाइरहेको छ – नेकपाको जनमत निरन्तर ओरालो लागिरहेको छ । पछिल्लो एउटा अध्ययनले देखाएको छ –यो आउँदो उपनिर्वाचनसम्म नै कायम रहनेछ ।

दृश्य एक: यो दलका अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली आफैले ०७५ को असौजमा संयुक्त राष्ट्रसंघको सभालाई सम्वोधन गर्दै आफनो सरकार ७५ प्रतिशत भन्दा बढीको समर्थन बाट बनेको वताएका थिए । ०७६ को असोजमा उनैले यो घटेर ६४ प्रतिशतमा आएको भनी जानकारी गराए आफनो किसान संघको एउटा कार्यक्रममा सार्वजनिक मन्तव्य दिँदै ।

अर्का अध्यक्ष यही सेरोफेरोमा अर्थात यही असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एउटा कार्यक्रमा विपक्षलाई अनुरोध नै गरे – अवको तीन वर्ष पर्खिदिनोस् । यतिबेला विपक्षले केही भनेको थिएन । यसले के संकेत गर्‍यो भने नेकपामा जनमत ओरालो लाग्दै छ र यहीक्रम जारी रहेमा आउँदो तिनै वर्षमा यो अवस्था फेरिन्छ ।

दृश्य दुई: नेकपामा यतिबेला धेरै चर्चित र दलभित्रको धेरै पदबाट विभूषित, संगठन विभागका प्रमुख, किसान संघका प्रमुख तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतम काश्कीको उप निर्वाचनमा नउठने भए । उनले जनाए अनुसारको कारण थियो नेकपा प्रतिको जनमत खस्कँदै गएको यो अवस्थामा आफु हार्दैछु भन्ने ।

यो कुरा उनले सामाजिक सञ्जालको भित्तोमानै अंकित गराए  । त्यसक्रममा आफुलाई त्यो ठाउँमा उम्मेदवार बनाउन हार्दिक प्रस्ताव गरेकोमा पार्टीका दुई अध्यक्षलाई सार्वजनिक रुपले नै धन्यवाद दिए । अर्थात उनको यो ठाउमा उम्मेदवारीको प्रस्ताव भैसकेको रहेछ । जानकारीका लागि भन्दै उनको भनाइ यसरी आयो –

‘मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि: आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया– १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’ (वामदेव गौतम असोज ४)

केन्द्रमा जस्तै यो उपनिर्वाचन हुने ठाउँको प्रदेश पनि यही नेकपाको दुइतिहाइको सरकार रहेको ठाउँ हो । यी सरकारले काम गरेको डेढवर्षपछि आफ्नो दलका दुइवटै अध्यक्ष र शुभचिन्तकहरुले प्रस्ताव गर्दागर्दै पनि दुई अध्यक्ष रहेको पार्टीको एउटै मात्र उपाध्यक्ष तथा संगठन विभागका प्रमुख आफै यो चुनाव लडन चाहेनन् । कारण पराजय हुने भन्ने रह्यो । उनको ‘कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो’ भन्ने निश्कर्षले पनि बुझाउछ सत्तारुढ दल नेकपा जनमतमा निरन्तर ओरालो लागि रहेको छ । त्यसो नहुँदो हो त कम्तीमा बामदेव गौतमका लागि यो उपचुनाव धेरै नै महत्वको थियो । उनले आफनो हैसियत प्रयोग गरेर यसअघि निर्वाचित ठाउँलाई पनि अस्वाभाविक रुपले नै खाली गराउन खोजेका विवरणहरु निकैपटक सार्वजनिक भैसेका थिए । उनी आफै अवको दुई महिनापछि सम्पन्न हुने यो उपनिर्वाचनमा आफना दलका दुवै अध्यक्ष र शुभचिन्तकले बारम्वार आग्रह गर्दा पनि पछि हट्नु भनेको यतिखेर नेकपाका नेताहरुले नै पनि आफनो दलको जनमत कसरी ओरालो लागेको देखे भन्ने एउटा तस्वीर नै हो ।

दृश्य तीन:  यी सबै विवरण आएका केही अघिमात्रै सडकमा थाम्नै नसक्निेगरी जनसागर उर्लिएर सरकारले गरेका निर्णयहरु फिर्ता गर्न सरकार बाध्य भयो । यो गुठी ऐनको सन्दर्भ हो । दुईमहिना अघि असार ४ गते राजधानीमा यस्तो जनसागर प्रकटभयो जसले संसदमा विधिवत प्रवेश गरेको विधेयक फिर्ता लिन पर्‍यो । त्यसबेला यो काम सरकारले आफैले जनताको भावना बुझेर गरेको थिएन । यो विधेक फिर्ता लिने सन्दर्भमा प्रधानमन्त्रीले नै यो अभियानमा उत्रिएकाहरुलाई ‘हरिया सर्प र मूर्ती चोरहरु’ जस्ता शव्दबाट गाली गरिरहेका अवस्था थियो । सम्भवतः त्यसैकारण पनि सरकारले यो विधेयक फिर्ता लिएपछि पनि जनसागर रोकिएन सडकमा उत्रिनबाट ।

दोस्रो, गएको साउन अन्तिम र भदौ पहिलो साता तिर चितवनमा १० –१२ दिनसम्म जसरी नागरिकको अर्को समूह प्रकट भयो त्यो आफै पनि  अर्को जनमत थियो । जव नागरिकले सरकारको विश्वास गर्दैन त्यसपछि अनेक प्रकारले यस्ता प्रदर्शनी सुरु हुन्छन् । यो प्रदर्शनी पनि सामान्य थिएन । सरकारका विरुद्धको व्यापक तहको जनमत मानेर नै प्रधानमन्त्रीले यसलाई व्यवस्था विरोधी भनी संज्ञा दिएर पहिलो पटक सर्वदलीय बैठक समेत  बोलाए भने अर्का अध्यक्षले प्रतिकार गर्न आह्वाननै गरे ।  

व्यालेटमै प्रकट हुँदै जनमत 

माथि उल्लेख भएका विवरणहरु यो दलबाट कसरी जनमत खस्किदै गएको छ भन्ने प्रतिविम्व थिए । पछिल्लो समय त के भयो भने व्यालेटमा नै वा भनौ व्यालेटबाट नै त्यस्तो देखिन थाल्यो ।

यो समय भनेको उपनिर्वाचनको संघारमा आइपुगेको अवस्था हो ।  सबैतिरबाट सरकारको व्यापक आलोचना भैरहेको बेला सत्तारुढ नेकपाप्रति जनताको मत कस्तो छ भनेर बुझ्न मंसिर १४ को उपनिर्वाचन पर्खिन थालिएको थियो तर त्यस अघिभएका देशका आआफना निकायका विधिपूर्वकका गोप्य मतदानले त्यस्तो मत देखाउन थाल्यो जो सत्तापक्ष जनमतमा  निरन्तर ओरालो लागेको देखाउछ, बुझाउँछ । यस अघि जुनजुन ठाउँमा सत्तापक्षीय नेतृत्व थियो ती सबैठाउँ ती सस्थाको मतदानबाट नै तिनको नेतृत्व खोसियो ।

स्थिति कतिसम्म भने यस्ता निकाय वा संस्थामा  सरकारले समर्थन गरेका उम्मेदवारले पुरै दुईतिहाइका दरले नै पराजित भए । पार्टी अध्यक्ष र प्रधानमन्त्रीका गृहजिल्ला र निर्वाचन क्षेत्र समेत बाँकी रहेनन् । सत्तापक्षको जनमत बुझ्नलाई यी परिणाम नै एकप्रकारले पर्याप्त हुनुपर्ने हो ।

यो पनि कुनै एक वा दुइठाउँमा होइन, जहाँजहाँ यस्तो निर्वाचन भयो अर्थात व्यालेट थापिए ती सबै ठाउँमा यस्तै परिणाम आयो वा यस्तै चित्र देखियो  ।     

व्यावसायिक संगठनका यी निर्वाचनमा सत्तारूढ दल निकट समूह नराम्ररी पराजित भएको अवस्था संघमा दुई तिहाइ बहुमत रहेको सरकारकै लोकप्रियता घटेको अर्थमा व्याख्या गरियोभने आश्चर्य हुदैन ।

नेकपाको नेतृत्व केन्द्रमा मात्रै नभई सातवटा प्रदेशमध्ये ६ वटामा स्थापित छ अर्थात जतातातै नेकपा मात्रै  । यस्तो बेला त्यही नेकपा निकट व्यावसायिक संगठनहरूले धमाधम पराजय व्यहोरेका हुन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लादेखि अर्का अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लामा समेत नेकपा निकट व्यावसायिक संगठन पराजित हुनुलाई सामान्य रूपमा लिन नहुने विश्लेषकहरूको बुझाइ स्वाभाविक हुनुपर्छ । हेरौं तिनका केही नमूना –

एक क्रिकेट संघ

यी पंक्ति संयोजन भएको पछिल्लो विवरणमा क्रिकेट संघको निर्वाचन सम्पन्न भयो । यो निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक समूहले कूलमतको दुइतिहाइनै हुनेगरी नेकपाका उम्मेदवारलाई पराजीत गरे । देश चलाउन ओली सरकारले पाएको दुई तिहाई मत जतिकै अर्थराख्छ कांग्रेसका उम्मेदवारका हातमा दिइएको यो संघको त्यसलाई चलाउन दिइएको यो मत पानि ।

असोज ११ का दिन सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारण सभाबाट कांग्रेस निकट चतुर बहादुर चन्द निर्वाचित भए । विवरणमा वताइए अनुसार नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले तयार पारेको विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले यो दिन क्यानको निर्वाचन गराएको हो । साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका थिए । सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्द (कांग्रेस समर्थित) सँग विनयराज पाण्डे (नेकपासमर्थित) प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । चन्दले ४४ मत ल्याए भने पाण्डेले मात्र १५ मतमा चित्त बुझाए । १७ पदका लागि भएको निर्वाचनमा चन्दको समुहका १७ जना नै निर्वाचित भए । कुनै पनि संघसस्थामा यस्तो मतपरिणाम विरलै मात्र हुन्छ ।

दुई- बैदेशिक रोजगार संघ

सत्तापक्षको अवशेषनै मेटिनेगरी क्यानको निर्वाचन सम्म्पन्न भएको चारै दिनअघि असौज ७ मा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन सम्पन्न भयो । यो निर्वाचनमा पनि नेकपा सम्वद्ध प्यानल नै पराजित भयो । यो सामान्य कुरा थिएन । रोजगारका क्षेत्रमा सरकराले धेरै राम्रो काम गरको भन्ने मन्त्रीको दावीलाइ यसले गलत सावित गरिदियो । पछिल्लो समय सरकारको आलोचना बढ्दै जाँदा नेकपाका नेताहरुले यस्तो सरकारका काम कारबाही विरुद्ध असन्तुष्टिहरू प्रकट गर्ने हरुलाई  प्रतिगमनकारीहरू परिवर्तन विरुद्ध सक्रिय हुन थालेको भन्दै प्रतिकारका लागि आह्वान गरिरहँदा यता यस्ता संस्थामा यस्तो परिणाम आइरहे ।

सो दिन सम्पन्न भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा निकट प्यानल नै पराजित हुनुको कारण जनमतमा यो दल कसरी पछि पर्दै छ भन्ने उदाहरण हुनु पर्छ  । यो संस्थाको यो निर्वाचनमा लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरे सहितको प्यानल विजयी भयो । नेकपा र संघीय समाजवादी पार्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सरोजकुमार पोखरेल पराजित भए । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भई सत्तारुढ नेकपाले विशाल आकार लिएको अवस्थामा अर्को सत्तारूढ घटक संघीय समाजवादी पार्टीको समेत समर्थनमा साझा प्यानल बनाएको अवस्थामा पोखरेलको टिम पराजित भएको यो अवस्था वास्तवमा नै जनमत बुझ्न धेरै सहायक मान्छन पर्यवेक्षकहरु । गैरेले कुल ३३० मत प्राप्त गरेर विजयी हुँदा पोखरेलले २८३ मत मात्र पाएका थिए । 

तीन- प्रधानमन्त्रीको क्षेत्र

सत्तापक्षले यस्तो पराजय व्योहोर्नु पर्ने वा भनौ उसका विरुद्ध जनमत प्रकट भएको अवस्था यसका अध्यक्ष तथा प्रधानमन्त्रीकै गृह जिल्ला र  निर्वाचन क्षेत्रमा पनि देखिन थाल्यो । भदौको दोस्रो साता झापाको दमकमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपा निकट प्रगतिशित व्यवसायी संगठनले त्यतिकै ठूलो हार व्यहोर्नु पर्‍यो ।

यो निर्वाचनमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ अध्यक्षमा विजयी भएका थिए । अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक समूह विजय हुँदा प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद मात्रै जित्यो । पछिल्लो समय देशका अन्यत्रका रकम कटाएर प्रधानमन्त्रीले आफने निर्वाचन क्षेत्रमा थुपारेका भन्ने व्यापक रुपमा समाचार हरु आइरहेकै बेला त्यो क्षेत्रमा यस्तो निर्वाचान भएको थियो तर परिणाम चाहिँ यस्तो आयो ।

चार- चितवनमा पनि त्यस्तै

चितवन नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला हो । त्यहाँको एकमात्र महानगरपालिकामा उनकै छरी मेयर छिन तर  त्यही ठाउँमा नेकपा निकट व्यवसायीले पराजय व्यहोरेका अवस्था प्रकट भयो भने त्यसलाई यो दलको जनमत नै मान्नु पर्छ । गएको भदौ अन्तिम साता भएको नेपाल निर्माण व्यवसायी संघ चितवनको चुनावमा लोकतान्त्रिक प्यानलका उमानन्द कँडेल (बाबुराम) ले प्रगतिशीलका छवि गौतमलाई फराकिलो मतले पराजित गरेका थिए । यस अघि नेकपाकै नेतृत्व थियो यो ठाउँमा पनि ।

पाँच- ट्रेकिङ एजेन्सिजमा पनि पराजय नै

नेकपापराजय भैरहेको यही संखलामा पर्छं ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) नेतृत्व पनि । भदौ तेस्रो साता सम्पन्न भएको यो संगठनको निर्वाचनमा पनि नेकपा निकट उम्मेदवारले पराजय व्यहोरे यो निर्वाचनमा कांग्रेस निकट खुमबहादुर सुवेदीले अध्यक्ष पदमा प्रगतिशील समूहका अञ्जान थापालाई पराजित गरे । वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष लगायतका पदमापनि कांग्रेस समर्थितके विजय भयो । सरकारले आउदो वर्षलाई पर्यटन वर्ष मनाउन यो क्षेत्रमा धेरै कार्यक्रम ल्याइएको वताइएको थियो तर यता यो क्षेत्रपनि सरकारबाट सन्तुष्ट रहेनछ । व्यालेटले नै यो कुरा देखायो ।

- अर्को पनि त्यस्तै

यसै भित्र पर्छ अर्को सस्था ठमेल पर्यटन विकास परिषद् । तयसमा पनि नेतृत्व सहितको पदाधिकारिको निर्वाचन हुँदा व्यालेटमा नेकपा पराजित भयो । यो परिषदको गएको जेठ अन्तिमतिर भएको निर्वाचनमा प्रजातान्त्रिक समूहका उम्मेदवार नै विजयी भए । निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए ।

यसले यो समयमा सानाठूला जस्ता हुन जहाँजहाँ व्यालेटले जनमत बुझाउने ठाउँ आयो त्यो-त्यो ठाउँमा नेकपा समर्थनको  लज्जास्पदरुपमा नै पराजय भएका सृंखलाबढदै गएका छन । सम्भवतः आउदो उपनिर्वाचनसम्म यो कायम रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ