arrow

नेपालकी बालिका मुस्कान खातुनलाई अमिताभको सान्तवना

logo
प्रकाशित २०७६ असोज १५ बुधबार
Amitabh-Bachchan.jpg

काठमाडौं । एसिड प्रहारबाट घाइते भएकी छात्रा मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले स्वास्थ्य लाभको कामना गरेका छन् ।  अमिताभले बुधबार भिडियो सन्देश पठाउदै स्वास्थ्य लाभको कामना गरेका हुन्  ।

 कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरमा उपचार गराइरहेकी खातुनलाई सान्तवना सन्देशमा अमिताभले बहादुर बालिका भनेका छन् ।  उनले सन्देशमा भनेका छन् ,'मलाई तपाईको बिषयमा उज्जवल थापाले बताउनुभयो । उज्जवल र म एकै कलेजमा पढेका हौ । उहाँले तपाईसँग के भयो त्यो भन्नुभयो । जे भयो त्यो दर्दनाक भयो । त्यो सुनेर मलाई दुख लाग्यो । मुस्कार शब्दको अर्थ मुस्कुराउनु हुन्छ । तपाई चाडो भन्दा चाडौ निको हुनुहोस । तपाईसँग जे भयो  गलत भएको छ ।'   

उनले आइन्दा कोही बालिकामाथि त्यस्तो नहोस भन्ने कामना गरेका छन् । उनले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने अपेक्षा गरेका छन् । भदौ २० गते  विद्यालय जाँदै गर्दा मुस्कानमाथि दुई जना युवकले वीरगन्जको गणेशमान चौमामा एसिड प्रहार गरेका थिए ।

त्रिभुवन माध्यमिक विद्यालयमा अध्यनरत बर्ष १५ बर्षिय खातुनथि एसिड प्रहार गरेको अभियोगमा  सोही दिन वडा नं २ निवासी समसाद मियाँ र बाराको फेटाफुलवरीया घर भई हाल छपकैयामा बस्दै आएका मजिद आलमलाई पक्राउ गरेको थियो ।

मुस्कान को लागि श्री अमिताभ बच्चन को सन्देश। pic.twitter.com/bgTnLb7MRc

— Ujjwal Bikram Thapa (@UjjwalBikram) October 2, 2019

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ