arrow

ट्रम्पको अश्लील र आपत्तिजनक टिप्पणी

logo
प्रकाशित २०७६ असोज १६ बिहिबार
trump8.JPG

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी सांसदहरुप्रति अश्लील र आपत्तिजनका भाषा प्रयोग गरेका छन् । महाअभियोगको प्रस्तावलाई लिएर उनले विपक्षी डेमोक्रेटिक सांसदहरुलाई बेइमान र देशद्रोहीको संज्ञा दिए । 

फिनल्यान्डका राष्ट्रपति साउली निइनिस्टियोसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले हाउस इन्टिलिजेन्सका अध्यक्ष एडम सिफलाई अपराधी र इज्जत नभएको मान्छे भन्दै राजीनामा समेत माग गरे । 

ट्रम्पले अनुसन्धानलाई छल र अमेरिकी जनतामा कपटपूर्ण अपराधको संज्ञा दिएका छन् । विपक्षी दलका सांसद डेमोक्रेटिकहरुले छानविन र महाअभियोग प्रक्रियालाई निष्पक्ष बनाउने बताउँदै आएका छन् । 

युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा कारबाही गर्न टेलिफोन गरि आग्रह गरेको विषयमा उनीमाथि महाभियोगको प्रस्ताव अघि बढेको छ । 

ट्रम्पले गत २५ जुलाईमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्कीलाई फोन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ