arrow

कलियुगमा क-कसले गरेका थिए देवीको भक्ति

विभिन्न सन्तहरुद्वारा देवीको उपासना

logo
बिधि,
प्रकाशित २०७६ असोज १६ बिहिबार

आदिशंकराचार्यद्वारा देवीको उपासना
आदि शंकराचार्यले त्रिपुरसुन्दरी देवीको उपासना गर्नु भएको थियो तथा उहाँलाई मुकांबिका देवी अनि सरस्वती देवीको वरदहस्त थियो । उहाँले तीन वर्षको आयुमा देवी भुजंगस्तोत्रको रचना गर्नुभयो तथा विभिन्न प्रकारले देवीको वर्णन गर्नुभयो । उहाँले ब्रह्मसूत्रादि विपुल लेखन गर्नुभयो तथा देवीको उपासनामा आधारित सौंदर्यलहरी नामक ग्रन्थको रचना गर्नुभयो । माता सरस्वतीले आदि शंकराचार्यलाई कश्मीर स्थित शारदा पीठमा स्थानापन्न हुन आदेश दिनु भएको थियो । सम्पूर्ण भारतभ्रमण गर्ने समय अन्नपूर्णा देवी आदि शंकराचार्यको भोक पूर्ति गर्नुहुन्थ्यो । यस प्रकार आदि शंकराचार्यमा देवीको कृपा थियो, यस्तो प्रमाण उहाँको चरित्रबाट मिल्दछ ।

छत्रपति शिवाजीद्वारा श्री बगलामुखी देवीको यज्ञ
हिन्दवी स्वराज्यको संस्थापक छत्रपति शिवाजी महाराजको कुलदेवी तुलजापुरको श्री भवानीदेवी हुनुहुन्थ्यो । जय भवानी र हर हर महादेवको नारा लगाउँदै छत्रपति शिवाजी महाराज र उहाँको सैनिकहरु शत्रुसँग युद्ध गरिरहेको थियो । शत्रुसॅंग युद्ध गर्नको लागि नै श्री भवानीमाता प्रसन्न भएर शिवाजी महाराजलाई भवानी तलवार प्रदान गर्नभएको थियो । यहि तलवारको बलमा उहाँले शाहिस्तेखानको औंला काट्नु भएको थियो । छत्रपति शिवाजी महाराज जीर्ण मन्दिरहरुको जीर्णोद्धार गर्नुहुन्थ्यो र मन्दिरको सुव्यवस्थाको लागि धन दिनुहुन्थ्यो ।

देवताहरुको उपासना अन्तर्गत उहाँले समय-समयमा विभिन्न प्रकारका यज्ञयाग पनि गर्नु भएको थियो । मिर्जा राजा जयसिंहले शिवाजी महाराजलई पराजित गरि उहाँलाई बन्दी बनाउनको लागि सहस्र चण्डी याग गर्नुभयो । यसको उद्देश्य थियो शिवाजी महाराजलाई बन्दी बनाउनको लागि न्यूनतम यति पुण्य त उसॅंग हुनु पर्दथ्यो । बहिरजी नाईक नामक गुप्तचर प्रमुखबाट शिवाजी महाराजलाई यो जानकारी प्राप्त भयो तब त्यसलाई काट्नको लागि छत्रपतिले तुरुन्तै श्री बगलामुखीदेवीको याग गर्नुभयो । तत्पश्चात शिवाजी महाराज अनि मिर्जा राजाको प्रत्यक्ष भेट भयो र समझौता भयो । तत्पश्चात औरंगजेबलाई मिलन जादा उनले फसाएर आगरामा शिवाजी महाराजलाई बन्दी बनाए। तब फल र मिठाईको टोकरीमा लुकेर शिवाजी महाराज र संभाजी महाराज किलाबाट बाहिर शत्रुको नियन्त्रणबाट बाहर निक्लिए। श्री बगलामुखीदेवीको कृपाबाट छत्रपति कारागृहबाट सकुशल मुक्त हुन सके।

सनातन संस्थाद्वारा शक्ति उपासना
सनातन संस्था कालानुसार आवश्यक देवीको उपासना गर्न सिकाउँदछ । यहाँ श्री दुर्गादेवीको नामजप गर्नको लागि भिनिन्छ । यस उपासनामा श्री दुर्गादेवी र श्री लक्ष्मीदेवीको सात्त्विक चित्र र नामजप पट्टिहरुको उपयोग गर्नको लागि भनिन्छ । देवीतत्त्वले युक्त कुमकुम पनि उत्पादनमा उपलब्ध गराएको छ । देवीतत्त्वको अधिक जानकारीको लागि देवीको उपासनासँग सम्बन्धित ‘शक्तिको परिचयात्मक विवेचन’, ‘शक्तिको उपासना’ यी ग्रन्थ तथा ‘शक्ति’ अनि ‘देवीपूजनका अध्यात्मशास्त्र’ यी दुई लघुग्रन्थ पनि उपलब्ध छ । कालानुसार आवश्यक श्री दुर्गादेवीको मूर्ति पनि बनार्इ रहेको छ । सनातनको आश्रममा दिनमा दुई पटक महर्षिले भन्नु भएको अनुसार देवीकवच लगाइन्छ ।

सत्य, द्वापर र त्रेतामा
त्रेतायुगमा प्रभु श्रीरामले नवरात्रीको अवधिमा देवीको उपासना गर्नुभयो र देवीको कृपाशीर्वादबाट नै विजयादशमीमा रावणको वध गर्नुभयो ।

द्वापार युगमा पनि भगवान श्रीकृष्णको प्रेरणाबाट अर्जुनले महाभारत युद्ध आरम्भ हुन भन्दा पहिला श्री दुर्गादेवीको शरणमा गएर प्रार्थना गरे। श्री दुर्गादेवी प्रसन्न हुनु भएर अर्जुनलाई विजयश्रीको आशीर्वाद दिनुभयो । श्री दुर्गादेवीको कृपाबाट कवच धारण गरि अर्जुनले महाभारतको युद्ध गरे तथा विजय प्राप्त गरे ।

त्वष्टा ऋषि, मार्कंडेय ऋषि देवीको उपासक ऋषि हुनुहन्थ्यो तथा भक्त सुदर्शन शक्ति उपासक राजा हुनुहुन्थ्यो । आम जनतामा त्र्यंबकराज, नवीनचन्द्र देवीको परम भक्तहरु हुनुहुन्थ्यो ।

जिज्ञासु र मुमुक्षुको प्रतीक पार्वतीदेवी
पार्वतीमाता भगवान शिवकी अर्धांगिनी हनुहुन्छ, तथापि शिवजीबाट रहस्यमय ज्ञान प्राप्त गर्ने समय पार्वतीको भूमिका कुनै जिज्ञासु समान प्रतीत हुन्थ्यो । तीव्र जिज्ञासावश उहाँलाई भोख-प्यास र निद्राको बारे भान पनि हुँदैन थियो । ज्ञानप्राप्तिको लालसामा उहाँले भगवान शिवलाई अनेक प्रश्नहरु सोध्नुहुन्थ्यो । त्यसकारण पुराणमा शिव-पार्वती बीचको वार्तालाप अथवा उहाँहरु बीच संभाषणको उलेख छ । पार्वती स्वयं आदिशक्ति हुनुहुन्छ; तर गुरुसमान शिवजीबाट ज्ञानार्जन गर्नको लागि जिज्ञासु र मुमुक्षुको साक्षात स्वरूप बन्नुहुन्छ । त्यसैले भगवान शिवले पार्वती देवीलाई तन्त्रशास्त्रको गूढ ज्ञान प्रदान गर्नुभयो ।

कठोर तपस्या गर्ने पार्वती महान तपस्विनी हुनुको कारण उहाँलाई अपर्णा र ब्रह्मचारिणीको नामबाट सम्बोधित गरिन्छ । ऋषिमुनि जुन प्रकार कठोर तपस्या गरि ईश्वरलाई प्रसन्न तुल्याएझैं, त्यस्तै कठोर तपस्या पार्वती माताले शंकरजीलाई प्रसन्न गर्नको लागि गर्नु भएको थियो । पार्वती हिमालयन राजाको छोरी र राजकुमारी हुनुहुन्थ्यो । उहाँ सुन्दर र सुकोमल हुनुहुन्थ्यो । उहाँको भगवान शिवलाई प्रसन्न गर्ने दृढ निश्चय थियो । त्यसैले उहाँले देहको चिन्ता नगरि हिउँले ढाकेको प्रान्तमा विशिष्ट मुद्रा धारण गर्नुभई दीर्घ कालसम्म तपस्या गर्नुभयो । उहाँको तपस्या यति उग्र थियो कि त्यसबाट उत्पन्न ज्वालाहरु सम्पूर्ण ब्रह्माण्डमा फैलिरहेको थियो अनि स्वर्गमा अधिकार प्राप्त गरेको तारकासुरलाई पनि भयभीत तुल्याउने थियो । पार्वतीलाई मार्न नजिक आएका तारकासुरको सैनिकहरुलाई शक्ति सहन भएन तथा उनीहरु भस्मसात भए । नवदुर्गामा ब्रह्मचारिणीको रूप हातमा जपमाला लिएर तापसी वेश धारण गरिएको तपस्यारत पार्वतीको नै प्रतीक हो । पार्वतीलाई अपर्णा र ब्रह्मचारिणीको नामबाट पनि सम्बोधित गरिन्छ ।

दुर्गमासुर र महिषासुर दैत्यको संहार
सदैव तपस्वी जीवन व्यतीत गर्ने र सौम्य रूप धारण गर्नुहुने पार्वतीदेवी आवश्यकतानुसार देवता अनि ब्रह्माण्डलाई आसुरी शक्तिको कष्टबाट सुरक्षित गर्नको लागि उग्र रूप धारण गर्नुभयो । यस्ता धेरै उदाहरणहरु पुराण भेटिन्छन् । ब्रह्मदेवबाट अजेय हुनुको साथ चार वेद प्राप्त गर्ने दुर्गमासुरको कारण धर्ममा ग्लानि आएको थियो अनि सर्वत्र अधर्म प्रबल भएको थियो । यस्तो अवस्थामा देवताहरुको शक्ति कमजोर भएको थियो । तब दुर्गमासुरलाई केवल स्त्री शक्तिले नष्ट गर्न सक्दथ्यो; किनकि अन्य देवताहरुबाट वध नहुने वरदान दुर्गमासुरलाई प्राप्त थियो । तब पार्वतीले आदिशक्तिको स्वरूप प्रगट गर्दै श्री दुर्गादेवीको रूप धारण गर्नुभयो अनि दुर्गमासुरसँग घनघोर युद्ध गरि उनको वध गर्नुभयो । यस प्रकार अपराजित योद्धा अनि बलवान आसुरी शक्तिले युक्त महिषासुरको वध गर्नको लागि पार्वती, लक्ष्मी अनि सरस्वती यी तीन देविहरुको शक्ति एकत्र भएर महिषासुरमर्दिनी देवीको उत्पत्ति भयो । मायावी शक्तिको सहायताले युद्ध गर्ने महिषासुरलाई पराजित गरि देवीले उनको शिरच्छेद गर्नुभयो । यसरी नै पार्वतीले चामुण्डा रूप धारण गरि चंड-मुंड दैत्यको संहार गर्नु भयो अनि कालीको रूप धारण गरि असंख्य असुरहरुको वध गरि देवताहरुलाई अभयदान दिनुभयो ।

शताक्षी र शाकम्भरी रूप
दुर्गमासुरले वेदलाई नरकमा लगे तथा बन्धक बनाए, जसले धर्म लुप्त भयो । यज्ञयाग र उपासना खण्डित हुनुको कारण देवताहरुलाई उहाँहरुको भागको अन्न प्राप्त हुन रोकियो । त्यसैले देवताहरुको शक्ति पनि कमजोर हुन गयो । देवताहरुलाई पृथ्वीमा कृपावर्षा रोकियो, जसले पृथ्वीमा भयानक अनिकाल भयो । नदी, झरना, जल स्रोतहरु सूख्खा भयो । पृथ्वीको जीवहरुका दुर्दशा देखेर महिषासुरमर्दिनी माताको आँखामा पानी आयो र यसले शताक्षी देवीको उत्पत्ति भयो । एक सय लोचन अर्थात सय आँखाहरु धारण गर्नुभएको देवीको आँखाबाट बगेको अश्रुधारा पृथ्वीमा आइपुग्यो र नदिहरुको रूप धारण गर्यो । यस प्रकार सर्वत्र जल उपलब्ध भयो । तत्पश्चात देवीको अंशबाट शाकम्भरी देवीको उत्पत्ति भयो, जसको कृपाबाट पृथ्वीमा सर्वत्र सग अर्थात हरीयो तरकारीहरु तथा अन्य तरकारीहरु उत्पन्न भयो । यस प्रकार पृथ्वीको जीवहरुको लागि पानी र साग उपलब्ध भई पृथ्वी अकालको संकटबाट मुक्त भयो ।
 सन्दर्भ : दैनिक सनातन प्रभात



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ