arrow

बालिकासहित ५ जनाको शव फेला, एकले अर्कोलाई बचाउने क्रममा मृत्यु भएको अनुमान

logo
मुकेश यादव,
प्रकाशित २०७६ असोज १६ बिहिबार
dead2.jpg

बारा । बाराको फेटा गाँउपालिकामा एक बालिकासहित ५ जनाको शव फेला परेको छ । फेटा गाँउपालिकाको वाड नम्बर ४ मा बुधबार साँझ आठ बजे अवैध घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा उनिहरुको शव फेला परेको हो ।

मदिरा उत्पादन गर्नका लागि तयारी गर्ने कच्चा पदार्थको लागि बनाईएको टयांकीलाई हिटरले सुकाउने क्रममा पांचै जनाको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

बाराको फेटा गाउँपालिका ४ बतरामा करेन्ट लागेर स्थानीय ४० वर्षीय जोगा भन्ने जोगिन्द्र मुखिया बिन, उनकी श्रीमती ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन र भारतको पुर्वी चम्पारण मोतिहारी जिल्ला बैकुण्ठधाम बउकठवा निवासी ५५ वर्षिय बाबा भन्ने गुलाबचन सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदिरा उत्पादन गर्नको लागि कच्चा पदार्थ तयारी गर्ने सिमेन्टले बनाईएको टयांकीलाई हिटरले सुकाउनको लागि बिजुली जडान गर्ने क्रममा पांचै जनाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बिजुली जडान गर्ने क्रममा करेन्ट लागेर एकले अर्कोलाई बचाउने क्रममा पांचै जनाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

मदिरा उत्पादनको लागि बनाईएको दुई वटा टयांकी मध्ये एउटा टंयाकीमा कच्चा पदार्थ र पांचै जनाको शव फेला परेको अर्को टयांकीमा हिटर जडान गरी टयांकीलाई सुकाउने क्रममा घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

स्थानीय बासिन्दाहरुको अनुसार घटना बुभबार सांझ ७ बजे भएको अनुमान गरिएपनि मृतक मुखियाका करिब ७-८ वर्षिय छोरा राहुल मुखिया रुन थालेपछि ८ बजे राति थाहा पाएको स्थानीय गाँउलेहरुले स्थलगत समाचार संकलनको क्रममा जानकारी दिएका छन ।

स्थानीयका अनुसार मृतक मुखिया छोरा राहुलले गांउबाट खेलेर घरमा पुग्दा आमा, बुवालाई केही भएको भन्ने बारे रुंदै जानकारी गराएपछि आफुहरुले घटनाको बारेमा प्रहरीलाई खबर गरेको जानकारी दिएका छन ।

करेन्ट लागेर वा अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भैरहेको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताए। ४-५ फिट गहिरो खाल्डोमा मदिरा उत्पादन गर्नका लागि बनाईएको टयांकीमा पाँचै जनाको शव फेला परेको प्रहरी उपरीक्षक खनालले बताए ।

शवलाई पोष्टमार्टमका लागि बाराको कलैया अस्पतालमा लगिएर र पोष्टमार्टम गरिएको प्रहरी उपरिक्षक खनालले बताए । पोष्टमार्टम रिपोर्ट आउन बाकी रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ