arrow

रोहित–मायंकले बनाए थुप्रै रेकर्ड

logo
प्रकाशित २०७६ असोज १६ बिहिबार
rohit-mayank.jpeg

काठमाडौं । भारत दक्षिण अफ्रिकाबीचको पहिलो टेष्ट क्रिकेट भारतको विशाखापट्नममा जारी रहेको छ । बुधबारदेखि जारी रहेको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्दै उच्च योगफलतर्फ अगाडि बढेको छ । 

रोहित शर्मा र मयंक अग्रवालले पहिलो विकेटका लागि ३१७ रनको साझेदारी गर्ने क्रममा विभिन्न रेकर्ड बनाएका छन् । भारतले दोस्रो दिन २०२ रनबाट अगाडि खेलेको थियो । 

१, रोहितले २४४ बलमा १७६ रन बनाए । उनी ६ छक्का र २३ चौकाको मद्धतले उक्त योगफल बनाएका हुन् । मयंकले पहिलो शतक बनाएका छन् । उनी शतक बनाउने ८६ औं ब्याट्सम्यान र ३३ औं ओपनर हुन् । 

२, रोहित–मयंकले दक्षिण अप्रिका विरुद्ध पहिलो विकेटका लागि सबैभन्दा बढी रन बनाएको रेकर्ड बनाएका छन् । यसअघि वीरेन्द्र सेवाग र गौतम गम्भीरले सन् २००४मा २१८ रनको साझेदारी गरेका थिए । 

३, रोहित–मयंक दक्षिण अफ्रिका विरुद्ध कुनै पनि विकेटका लागि सबैभन्दा बढी रनको साझेदारी गर्ने खेलाडी बनेका छन् । यो कीर्तिमान यसअघि सेवाग र राहुल द्रबिडबीच सन् २००७–०८ मा २६८ रनको साझेदारी भएको थियो । 

४, रोहित–मयंक त्यस्ता भारतीय बनेका छन् जसले दशौं पटक दुवै ओपनरले एकै इनिङमा शतक बनाएका छन् । यसअघि सन् २०१८ मा अफगानिस्तान विरुद्ध मुरली विजय र शिखर धवनले दुवै इनिङमा शतक बनाएका थिए । 

५, भारतीय ओपनर्सले २४ इनिङपछि पहिलो पटक शतकीय साझेदारी गरेका छन् । यसअघि सन् २०१८ मा विजय र धवनले शतक बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ