arrow

महरा काण्ड : पत्रकारको सुरक्षा नगरिए आन्दोलनमा उत्रने चेतावनी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ असोज १६ बिहिबार
unions.jpg

बझाङ । हाम्राकुरा डटकममा प्रमारित निवर्तमान सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन व्यवहार गरेको भन्ने समाचारको विषयलाई लिएर प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी माथी सुरक्षा चनौती देखिएको सम्बन्धमा प्रेस युनियन बझाङले ध्यानाकर्षण जनाएको छ ।

नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको बिहिबार बसेको आकस्मीक वैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फानहरु आउने कम शुरु भएको समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछयाउने तथा निगरानी गर्दै आएकापति गम्भिर आपत्ति प्रकट गरेको हो । नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक वमोजिम स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रेस युनियन बझाङका अध्यक्ष रमानन्द जोशीले विज्ञप्ति जारी गर्दै,' समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउन जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारबाही गर्न तथा उहाँका सुरक्षाका ग्यारण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसंग जोडदार माग गर्दछौं । कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको वाटो हुदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्न र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आनकीन बनाउन खोज्न दभाग्यपूर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो। यसतर्फ सवै सरोकारवाला निकायहरूका ध्यानाकर्ण गरादै प्रेस माथिको धम्की र गैर्गजम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन वझाङ्ग कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छौं।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ