arrow

पहिलो टेष्ट भारतको पकडमा 

logo
प्रकाशित २०७६ असोज १६ बिहिबार
india2.jpeg

काठमाडौं । दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्ट क्रिकेट भारतको पकडमा गएको छ । विशाखापट्नमको घरेलु मैदानमा भारतले टस जितेर पहिले ब्याटङ गर्दै ७ विकेटको नोक्सानीमा ५०२ रन बनाएर इनिङ समाप्तिको घोषणा गर्यो । 

पहिलो विकेटका लागि ३१७ रनको पार्टनरसिप गर्ने क्रममा मायंक अग्रवालले २१५ तथा रोहित शर्माले १७६ रन बनाए । मयंकको पहिलो दोहोरो शतक हो । केशव महाराजले ३ विकेट झारे । 

जवाफमा खेल्न उत्रिएको दक्षिण अफ्रिकाले बिहीबार दोस्रो दिनको समाप्ति हुँदा सम्म ३ विकेटको नोक्सानीमा ३९ रन मात्र बनाउन सक्यो । डिन एल्गार २७ रनमा नटआउट छन् । 

रविचन्द्रन आश्विनले २ तथा रविन्द्र जडेजाले १ विकेट लिए । भारत अझै ४६३ रनले अगाडि रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ