arrow

चन्द्रयान २ ले चन्द्रमामा पत्ता लगायो क्याल्सियसहित छ तत्व

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
chandrayan-2.jpeg

काठमाडौं । भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ ले त्यहाँ भएका विभिन्न छ तत्वहरु पत्ता लगाएको छ । 

चन्द्रयान २ को विक्रम ल्यान्डरको उपयुक्त ल्यान्डिङ नभए पनि आर्बिटरले चन्द्रमामा क्याल्सियम, सोडियम, एल्मुनियम, सिलिकन, टाइटेनियम र आइरन पत्ता लगाएको हो । 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आर्बिटरमा रहेका आठ पेलोडले कण र त्यसको तीव्रता पत्ता लगाएको हो । 

आर्बिटरको जियोटेल या पृथ्वीको म्याग्नेटोस्फेयरको भागबाट जाने समयमा चार्ज गरिएका कणको असमान घनत्व पत्ता लागेको हो । माग्नेटोस्फेयर पृथ्वीको वरिपरि अन्तरिक्षको एक क्षेत्र हो जहाँ पृथ्वीको चुम्बकीय क्षेत्र सूर्यले जारी गरेको चार्ज भएका कणलाई प्रभावित गर्छ । 

इसरोले हरेक २९ दिनमा चन्द्रमा करिब ६ दिनका लागि जियोटल भएर जाने बताउँदै चन्द्रयान २ चन्द्रमाको कक्षमा रहेकाले उक्त समयमा हासिल भएका र उक्त क्रममा यसमा जोडिएका उपकरणले जियोटेलका गुणहरुको अध्ययन गरेको थियो । 

जियोटेल पृथ्वीभन्दा कयौं लाख किलोमिटर टाढा रहेको हुन्छ । चन्द्रयान २ को डिजाइन चन्द्रमाको माटोमा रहेका तत्वको अध्ययन गर्न बनाइएको थियो । 

इसरोले पेलोडले आफ्नो काम गरिरहेको बताएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ