arrow

‘खेलकुद र कला संस्कृतिले नेपाललाई विश्वमाझ चिनाउन सक्नुपर्छ’

logo
कौरव खत्री,
प्रकाशित २०७६ असोज १८ शनिबार
photo-kaurab.jpg

गुल्मी। हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराग कंडेल शर्माले नेपाललाई खेलकुद र कला संस्कृतिले विश्वलाई चिनाउनु पर्ने बताए ।

शुक्रवार पाँचौ दिनलाई सम्बोधन गदै प्रमुख अतिथि गुल्मीको सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक माछापुच्छ्रे युवा क्लव ओखर भज्याङ भ्यू पोइन्टले आयोजना गरेको लुम्पेक पहिरो पिडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रममा यस्तो बताएका हुन ।

साथै सामाजिक अभियान्ता कंडेल शर्माले ग्रामिण क्षेत्रमा क्लवले खेलकुद तथा साँस्कृतिक पक्षको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै भावी दिनमा क्लवले अझ रचनात्कम कार्य गरेर समाज सुधार र विकासमा थप सक्रिय बन्न क्लवलाई आग्रह गरे  ।

साथै कंडेल शर्माले क्लवको वृद्धि र विकासका लागि आफूले सधै सहयोग गर्न तयार रहेको बताउदै सत्यवतिका पहिरो पिडितहरु विद्यार्थीहरुको अध्ययनका लागि आफू सहयोग तयार रहेको बताए ।

सोही अवसरमा वडा सदस्य ङान बहादुर तरामुमगरले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा प्रमुख अतिथि हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराग कंडेल शर्माले सत्यवति गाँउपालिकाका पहिरो पिडित विद्यार्थीहरुको अध्ययनका लागि रु.३३हजार,९सय,२रुपैयाको नगद चेक सत्यवति गाँउपालिका ३का वडा अध्यक्ष रुक बहादुर रानालाई चेक हस्तान्तरण गरेका थिए ।

हालसम्म सामाजिक अभियान सामाजिक अभियान्ता योगराज कंडेल शर्माले संकलन गरि जुटाएको कुल ६लाख,३८हजार,९सय,२रुपैया रकम सत्यवति गाँउपालिकाका पहिरो पिडित विद्यार्थीहरुको अध्ययनका लागि सहयोग प्रदान गरिसकेका छन् ।

त्यस्तै सोही अवसरमा माछापुच्छ्रे युवा क्लवद्धारा नगद रु. २० हजार रकमसत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक सिङ्दीको पहिरो पिडित सिद्ध प्राथमिक विद्यालयलाई क्लवका अध्यक्ष इश्वरी फौजामगर र सचिव पि.वि मगरद्धारा सोही पहिरो पिडित विद्यालयका प्रधानाध्यापक ज्ञानु तरामुरानामगर र विद्यालय व्यवस्थापन समिति अध्यक्ष ङान बहादुर तरामुमगरलाई उक्क्त नगद रकम हस्तान्तरण गरिएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि, लोकदोहोरी गायिका विमा कुमारी दुरा,रिपोर्ट क्लव नेपाल गुल्मीका अध्यक्ष एवं पत्रकार कौरव खत्री,गुल्मी टेलिभिजनका प्रमुख दिपक नेपाली, रेडियोकर्मी सुरज थापा लगायत आर्थिक सहयोगीहरुलाई समेत सम्मान पत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा राष्ट्रिय लोकदोहोरी गायिका विमा कुमारी दुरा,आस्था कला केन्द्रका नृत्यकार उषा फौजामगर,भ्वाइ अफ बुटवल २०७२ का चन्द्रप्रकास फौजा स्थानीय कलाकारहरुको लगायतको वेजोड सांगितिक प्रस्तुती राखेका थिए ।

“गाँउ वस्तीबाटै खेलकुद विकास तथा कला,संस्कृतिको सरक्षणमा हाम्रो अभियान” भन्ने मुल नारा सहित २०७४ मा स्थापना भइआएको क्लवले स्थापनाकाल देखि नै निरन्तर रुपमा समाजिक क्षेत्रमा सक्रिय भई काम गदै  आइरहेको क्लवका सचिव मगरले जानकारी दिए ।

कार्यक्रम माछापुच्छ्रे युवा क्लव सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेकका अध्यक्ष इश्वरी फौजामगरको अध्यक्षता तथा क्लवका क्लवका सक्रिय सदस्य खिम कुमारी सिंजालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने दोय क्लवका सचिव पि.वि मगर र रेडियोकर्मी सुरज थापामगरले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ