arrow

महरामाथि जवर्जस्ती करणीको आरोपमा जाहेरी दर्ता

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
victim-woman.jpg

काठमाडौं । जवर्जस्ती करणीको आरोप लागेका कृष्णबहादुर महराविरुद्ध  किटानी जाहेरी दर्ता भएको छ । यौन प्रकरणमा मुछिएपछि  पीडित महिलाले शुक्रबार महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता गराएको प्रहरीले बताएको छ। 

घटना भएको ६ दिनपछि लिखित उजुरी दर्ता भएको हो । लिखित उजुरीका आधारमा  औपचारिक अनुसन्धान प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ। 

यौन प्रकरणमा मुछिएपछि महराले सभामुख पदबाट राजीनामा दिइसकेका छन् । महराको चौतर्फि बिरोध हुदै आएको छ । 

महराले आफ्नो पदीय मर्यादा विपरित संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारीमहिलालाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।

मदिराले लठ्ठ भएर महिलाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदामसमेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान नभएको बेलामा नआउन भने पनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले  महिलाको डेरामा पुगेको थिए ।

भिडियो अन्तर्वार्ताको दोस्रो भाग

जवर्जस्ती करणीपछि महराले ति महिलालाई सोहि दिन आइतवार राती दश बजेतिर 'हाइ' भनेका थिए। त्यसको जवाफ नपाएका महराले विहान महिलालाई उठ्नुभयो भनेर फेरि मेसेज गरेका थिए। उनले अघिल्लो दिन भएको गल्तीको लागि माफि मागेका थिए। आइतवार रातीको घटना बिर्सिदिन भनेका थिए। महराले भाइबरमा लेखेका छन्, ' फर्गेट यस्टर्डे । आइएम भेरी सरी '। 

महराले पिडित महिलासँग कुरा गरिरहँदा उनकै नम्वरबाट पिडितलाई पटकपटक फोन गरि घटनालाई नउचाल्न दवाव दिएको भिडियो सोमवार नै हाम्राकुराले सार्वजनिक गरिसकेको छ। उनले यो घटनालाई सामान्य घटना भएको उल्लेख गर्दै मिडियामा नलैजान पनि दवाव दिएका थिए। उनले भाइवर म्यासेजमा पनि सोहि प्रकृतिको सन्देश पठाएको पिडितले हामीलाई देखाएकी थिइन।  

भिडियो अन्तर्वार्ताको पहिलो भाग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ