arrow

महरा पक्राउ पर्दै, ३ बर्ष कैद हुन सक्ने

पीडितको किटानी जाहेरी र गृहमन्त्रीको ग्रिन सिग्नलपछि जाग्यो प्रहरी

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
mahara4.JPG

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएसँगै प्रहरीले पक्राउको तयारी गरेको छ।

पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि शनिबार नै प्रहरीले महरालाई  पक्राउको तयारी गरेको हो। 

पक्राउ गर्ने गृहकार्य बीचमै प्रहरीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको थियो। गृहमन्त्री थापाको ग्रिन सिग्नल पाए लगत्तै प्रहरीले पक्राउको तयारी गरेको हो। प्रहरीले महरालाई पक्राउ गर्नुअघि सांसदबाट निलम्वन गर्नुपर्नेछ। यसका लागि प्रहरीले संसदबाट स्विकृति लिन सक्छ। 

गत आइतबार (असोज १२ गते ) राति महराले आफूलाई बलात्कार गरेको भन्दै हाम्राकुरा मार्फत रोशनी शाहीले सोमबार (असोज १३ गते) खुलासा गरेकी थिइन् । लगत्तै मंगलबार (असोज १४ गते) नै विभिन्न दवावमा परी आफूलाई बलात्कार नभएको भन्दै हाम्राकुराका सम्पादकलाई सामाजिक सञ्जालबाट आरोपित गरेकी थिइन्। तर पछि उनको सामाजिक सञ्जाल पनि अरु नै व्यक्तिले चलाएको प्रमाणित भएको थियो। 

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो। महरा स्वयंले पनि हाम्राकुरालाई आफू रोशनीको कोठामा गएको बताएका थिए। 

आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महरामाथि लागेको आरोप पुष्टि भएमा उनलाई ३० हजार जरिवानासहित तीन बर्ष कैद हुन सक्नेछ । 

महराको ' फर्गेट यस्टर्डे ' मा के थियो महिलाको जवाफ?

सभामुखमाथि पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ