arrow

छैठौं बर्ष पनि बोटे माझी र दलित समुदायसँग दशैं मनाउँदै चन्द्र भण्डारी

विपन्न बालिबालिकालाई सहयोगका लागि भण्डारीको आग्रह

logo
प्रकाशित २०७६ असोज १८ शनिबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य चन्द्र भण्डारीले छैठौं वर्ष पनि सिमान्तकृत तथा अल्पसंख्यक बोटे माझी र दलित समुदायसँगै दशैंं मनाउने भएका छन् । गुल्मी निवासी नेता भण्डारीले जिल्लाका विभिन्न स्थानमा रहेका अल्पसंख्यक समुदायहरुसँगै दशैं मनाउन शनिवार काठमाडौंबाट गृहजिल्ला गएका हुन् । 

भण्डारीले अघिल्ला बर्षहरुमा झै दशैंको टीकाको दिन यस बर्ष पनि सिमान्तकृत तथा अल्पसंख्यक बोटे माझी र दलित समुदायका व्यक्तिहरुसँग टीका लगाइ रमाइलो मात्र गर्ने छैनन् सबैसँग उपहार आदानप्रदान पनि गर्नेछन् । त्यो भन्दा महत्वपूर्ण कुरा अल्पसंख्यक बोटे माझी र दलित समुदायका विद्यार्थीहरुलाई भण्डारीले उपहार स्वरुप शैक्षिक सामग्री तथा छात्रिवृती प्रदान पनि गर्ने भएका छन् । 
 
५ बर्षदेखि आफूहरुसँगै दशै मनाउन आएका नेता चन्द्र भण्डारी यो पटक पनि आफ्नो बस्तीमा आउने जानकारी पाएपछि विपन्न बोटे माझी र दलित समुदायमा खुसी छाएको छ । गत बर्ष दशैं टीका कार्यक्रममा स्थानीय बोटे माझी समुदाय सहित अन्य विभिन्न समुदायका नागरिकको मुहारमा देखिएको खुशीयालीले उत्पन्न गराएको सन्तोष र आनन्दले यसपटक पनि सिमान्तकृत र विपन्न परिवारहरुमा दशैं मनाउने गएको भण्डारीका एक सहयोगीले बताए ।

विपन्न परिवारको घरमा दशैंको खुशी थपेर भाइचाराको नयाँ संस्कृति सुरुवात गर्ने प्रयासमा भण्डारी लागिपरेको गुल्मीका पत्रकार जगदिश भट्टराई बताउँछन् ।   

भण्डारीले जिल्लाका २ सय जना विद्यार्थीलाई शैक्षिक शुल्क, व्यक्तिगत रकम खर्च गरी प्रत्येकलाई बार्षिक रुपमा झण्डै बीस हजारको दरले सहयोग प्रदान गर्दै आएका छन् । काठमाडौंमा १५ जनालाई शैक्षिक शुल्क व्यवस्था गरेका भण्डारीले १० जना विद्यार्थीको आवासिय सुविधा सहितको निःशुल्क पढाईको व्यवस्था समेत गर्दै आएका छन् । हालसम्म गुल्मीका ६ सय बिद्यार्थी भण्डारीको यस अभियानबाट लाभान्वित भइसकेका छन् । 

सहयोग गर्दा व्यक्तिको राजनीतिक आस्था नहेरी घरायसी अवस्था हेरेर गर्ने गरेको कुरा गुल्मीमा प्रशंसित छ । भण्डारीले अछामदेखि रामेछापसम्मका आर्थिक रुपमा कमजोर र प्रतिभाशाली वालवालिकालाई समेत सहयोग उपलव्ध गराउँदै आएका छन् । 

नेताहरुले जनताको अभिभावको भूमिका निर्वाह गर्न नसक्दा जनता दुखित हुँदै गएको बुझाइ राख्ने भण्डारी आफ्ना जिल्लाका नागरिकसँग सहकार्य गर्दै जिल्लाको विकास गर्ने नेताका रुपमा अव्वल सावित भएको स्थानियहरु बताउँछन् । 

दशैं मनाउन गृहजिल्ला जानु अघी भण्डारीले हाम्राकुरासँग कुरा गर्दै विपन्नहरुको चाडवाड र उनीहरुको वालवालिकाको शैक्षिक विकासमा सहयोग गर्न चाहनेहरुलाई आफ्नो अभियानमा जोडिन आह्वान समेत गरेका छन्। उनले आफ्नो बालबालिकाको राम्रो शिक्षादिक्षा दिइरहेका अभिभावकहरुलाई विपन्न समुदायका बालबालिकातर्फ हेर्न आग्रह गरे। उनले एक व्यक्ति एक विपन्न समुदायका बालबालिकाको जिम्मा लिने हो भने कोहि पनि शिक्षाबाट वञ्चित नहुने बताए। 

बोटे समुदायसँग काँग्रेस नेता चन्द्र भण्डारीले यसरी मनाए दशैं

सांसद चन्द्र भण्डारीले बोटेहरुका घरमा भित्र्याए दशैं

चन्द्र भण्डारीले दशैँ यस बर्ष पनि माझीसँग मनाउँदै 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ