arrow

स्पेनिश लिगका चार खेल १५ गोल, हजार्डले खोले खाता 

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
hazard2.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा शीर्ष स्थानको रियाल मड्रिड विजयी भएको छ । शनिबार भएको खेलमा रियालले ग्रानाडालाई घरेलु मैदानमा ४–२ गोल अन्तरले पराजित गर्यो ।

रियाललाई जित दिलाउने क्रममा करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रिग्वेजले गोल गरे ।

यसै सिजन रियाल आएका हजार्डले रियालका लागि पहिलो गोल गरेका हुन् ।

ग्रानाडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले गोल फर्काए ।

अन्य खेलको नतिजा
लेगानेस १–२ लेभान्ते
भ्यालेन्सिया २–१ डेपोर्टिभो एलाभेस
ओसासुना २–१ भिल्लारियल

अंक तालिका
८ खेलमा १८ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ । १४ अंकको ग्रानाडा दोस्रो स्थानमा छ । १४ अंकबाटै एथलेटिको मड्रिड तेस्रो स्थानमा छ । डिफेन्डिङ च्याम्पियन बार्सिलोना भने ७ खेलबाट १३ अंकसहित चौथो स्थानमा छ । 

पुछारको लेगानेसको २ अंक मात्रै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ