arrow

आपसमा बचाउन खोज्दाखोज्दै छ हात्तीको दुःखद अन्त्य

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
elephant-died.jpg

काठमाडौं । छ वटा हात्तीले एकले अर्कालाई बचाउने प्रयास गर्दागर्दै ज्यान फालेका छन् । यो घटना हो थाइल्याण्डको खाओ याई राष्ट्रिय निकुञ्जको एक झरनाको । 

सबैभन्दा पहिले हात्तीको सानो बच्चा झरनाबाट खस्यो । उसलाई बचाउन माउसहित अरु हात्ती पनि गए । बचाउन गएका पाँचवटा पनि खसे । 

नजिकैको चट्टानमा अड्केका दुई हात्तीलाई भने प्रशासनले डोरीको मद्दतमा सफलतापूर्वक बाहिर निकालेको थियो । 

अलछिना झरना
जुन झरनामा यो घटना भयो त्यो राम्रो झरना हैन । यसलाई थाइल्याण्डको स्थानीय भाषामा ‘नरकको झरना’ भनिन्छ । 

सन् १९९२ मा पनि यस्तै घटना हुँदा आठ ओटा हात्ती एकै चिहान भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ