arrow

पाकिस्तानका बिदेशमन्त्री पत्रकारसँग रिसाए पछि..

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
foreignr-minister-shah-mehmood-qureshi.jpg

काठमाडौं। पाकिस्तानका बिदेशमन्त्री मोहम्मद कुरेशी एक अन्तर्वार्तामा पत्रकारसँग रिसाएका छन्। सँयुक्त राष्ट्र संघमा पाकिस्तानलाई काश्मिर मुद्दामा समर्थन गर्ने मुलुकहरुको नाम भन्नुस भन्दा उनी रिसाएका हुन्।

एक्सप्रेस न्युजका पत्रकार जावेद चौधरीसँग कुरेसीले अन्तर्वार्ताका क्रममा झगडा नै गरेका थिए। उनी रिसाएको युट्युबमा प्रष्ट देख्न सकिन्छ । काश्मिरमा पाकिस्तानलाई समर्थन गर्ने ५८ राष्ट्रहरु कुन कुन हुन् भने चौधरीले सोध्दा कुरेशी रिसाएका थिए ।

पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले काश्मिर प्रकरणमा ५८ राष्ट्रले पाकिस्तानको समर्थन गरेको भन्दै ट्विट गरेका थिए ।  बिदेश मन्त्री कुरेशीले खानको कुरालाई सही भन्दै ११ सेप्टेम्बर २०१९मा ट्विट गरेका थिए ।

पाकिस्तानका चर्चीत पत्रकार जावेद चौधरीको टिभी ‘टक शो’मा कुरेसीलाई उनको ट्विटमा लेखिएका देशहरु कुन हुन् भन्दा कुरेसी आफ्नो ट्विट देखाउन पत्रकारलाई भन्दै गरेको देख्न सकिन्छ । जावेदले उनको ट्विट देखाए पछि उनी अतालिएका थिए । ‘जे मन लाग्छ गरेहुन्छ’ खालको उत्तर दिएर कुरेशी पन्छिएका थिए ।

उनले पत्रकारलाई ‘ तपाई कस्को एजेण्डामा काम गरिरहेको हो ' भनेर सोधेका थिए। आफ्नो कुरा काटिए पछि आत्तिएका कुरेशीले पत्रकारलाई अरुको एजेण्डामा काम गरेको आरोप लगाएका थिए ।  

आफ्नो कुरा नमिले पछि रिसाएको र आत्तिएको भिडियो भाईरल भएको छ । पाकिस्तानका नागरिकहरुले सबैभन्दा बढि मजाक बनाईरहेछन् । यस्तो भिडियो भारतमा भाईरल हुनु त केहि अचम्मै भएन। विश्वभरी उक्त भिडियो भाईरल भएको छ । युट्युबमा उक्त भिडियोका अनेक रुप हेर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ