arrow

महराको विदाइमा नउठेका ती हातहरु

महराको हिरासत यात्रा तस्विरहरुमा

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
krishna-mahara-arrest.jpg

काठमाडौं। दशैंको महाअष्टमीका दिन आइतवार आधुनिक नेपालको इतिहासमै पहिलो पटक सभामुख कृष्ण बहादुर महरा सभामुखको सरकारी निवास वालुवाटारबाटै हिरासतमा जाने तयारीमा थिए।आफ्नै कारमा जानेकी प्रहरीको सरकारी सवारी साधनमा जानेमा महराले एकछिन महराले विवाद निकाले। प्रहरीले उनलाई उनकै सवारीमा लैजान सहमति जनायो। त्यसपछि उनलाई सबै प्रक्रिया पुर्‍याएर हिरासतका लागि निकालियो। सभामुखको सरकारी निवासबाट उनी निस्कदै गर्दा ६ बजेर १४ मिनेट भएको थियो। 

Image may contain: 1 person, plant, tree and outdoor

निकै ठूलो सुरक्षा बन्दोवस्तीका बीच महरालाई बाहिर निकालिदै गर्दा सदा देखिने भन्दा विल्कुल अलग दृश्यहरु देखिइरहेको थियो। सधै निवास भित्र आउँदा र वाहिर जाँदा सभामुख महराका लागि सम्मानका साथ सलामीमा उठ्ने हातहरु आइतवार कतै पनि उठेको देखिएन, बरु हात बाँधेर पछाडी राखेको पाइयो।उनका लागि ढोकामा खडा सुरक्षाकर्मीहरुले उनलाई लैजान बाटो खाली गराउन लागिपरे। सरकारी निवासबाट हिरासततर्फको यात्रा शुरु हुनु अघीदेखि सुरक्षाकर्मीहरु स्वयं पनि महराको गत आइतवारको घटनाको बारेमा चर्चा गरिरहेका थिए। देशकै पाँचौ वरियताको व्यक्तिको भण्डाफोर भएको यौन दुर्व्यवहारको घटनाले देशलाई लज्जित बनाइरहेका बेला सुरक्षाकर्मी पनि लज्जाको भावमा उनलाई  विदाई गरिरहेका थिए। सामाजिक सञ्जालमा प्रोपोगण्डा गर्ने कार्यकर्ताहरु पनि दशैंमा रमाइरहेको देखियो उनलाई साथ दिन आएको देखिएन। 

Image may contain: 6 people, people standing and outdoor

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको थियो। उनलाई साँझ ६ वजेर १४ मिनेटमा सभामुख निवासबाट पक्राउ गरि लगिएको थियो। उनलाई एक रातो कारमा लगिएको हो।

पक्राउ परेका महराको प्रहरीले अनुसन्धान प्रक्रिया आइतवारबाटै थाल्ने भएको छ। पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ। उनलाई नियन्त्रणमा लिन उपसभामुखले अनुमति दिए लगत्तै उनको संसद पद समेत निलम्वन भएको थियो। यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ। 

Image may contain: night, sky, car and outdoor

नेपालको इतिहासमा वहालवाला उच्च पदस्थ व्यक्ती गैरराजनीतिक कारणबाट पक्राउ परेको यो पहिलो घटना हो। सरकारी निवासबाटै उच्चपदस्थ व्यक्ति गैरराजनीतिक कारणमा पक्राउ परेको पनि यो पहिलो घटना हो।

महरालाई पक्राउ गरि किटानी जाहेरी दिइएको वानेश्वर प्रहरी प्रभाग लैजाने तयारी भएपनि पछि उनलाई सिंहदरवार प्रहरी वृतमा राखिएको छ। देशभर दशैंको माहौलमा आफन्तहरु भेटघाटमा रहेका बेला महरा भने दशैंका बेला हिरासतमै दशैं मनाउन वाध्य भएका छन्। 

काठमाडौं जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो। अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । 

पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि प्रहरीले महरालाई पक्राउको तयारी गरेको थियो।

कृष्ण बहादुर महरा परे पक्राउ, गयो सांसद पद पनि

Image may contain: 1 person, standing and outdoor 

पक्राउ गर्ने गृहकार्य बीचमै प्रहरीले गृहमन्त्री रामबहादुर थापासँग परामर्श गरेको थियो। गत आइतबार (असोज १२ गते) राति महराले आफूलाई बलात्कार गरेको भन्दै हाम्राकुरा मार्फत रोशनी शाहीले सोमबार (असोज १३ गते) खुलासा गरेकी थिइन् । लगत्तै मंगलबार (असोज १४ गते) नै विभिन्न दवावमा परी आफूलाई बलात्कार नभएको भन्दै हाम्राकुराका सम्पादकलाई सामाजिक सञ्जालबाट आरोपित गरेकी थिइन्। तर पछि उनको सामाजिक सञ्जाल पनि अरु नै व्यक्तिले चलाएको प्रमाणित भएको थियो। 

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो। प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो। महरा स्वयंले पनि हाम्राकुरालाई आफू महिलाको कोठामा गएको बताएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ