arrow

भाजपा नेता, उनका दुई छोरा र भाइसमेत पाँचको हत्या

logo
प्रकाशित २०७६ असोज २० सोमबार
maharastra-police-sp-ugale.jpg

काठमाडौं । भारतको महाराष्ट्रमा भारतीय जनता पार्टी भाजपाका नेता रविन्द्र खरातसमेत पाँच जनाको अज्ञात समूहले हत्या गरेको छ । 

आइतबार राति स्थानीय समयअनुसार ९ बजे उनको घर बाहिर हत्या भएको हो । जलगाउँका एसपी पंजाबराज उगालेका अनुसार खरात, उनका भाइ सुनील र दुई छोराहरु रोहित र प्रेमसागर तथा एक अन्य व्यक्तिमाथि हमला भएको थियो । 

जसमा दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । आक्रमणकारीले बन्दुक र चक्कुको मद्धतले उनीहरुलाई मारेको प्रहरीले बताएको छ । 

आक्रमणकारी फरार रहेको प्रहरीले बताएको छ । यो घटना पारिवारिक आपसी दुस्मनीले भएको हुन सक्ने आशंका प्रहरीको छ ।

प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको एसपी उगालेलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ