- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । देशलाई बडादशैंले छपक्कै छोपेको बेलामा केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना भएकाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले यसअघि दशैंका बेलामा वर्षा नहुने प्रक्षेपण नगरे पनि मौसमविद्हरुले भने वर्षा नहुने बताएका थिए । तर महाशाखाको पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा केही स्थानमा हिले दशैं हुने निश्चित छ ।
भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको र त्यही न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभावले नेपालको पूर्वी र मध्य भूमागमा वर्षा भइरहेको हो । साथै पश्चिमी वायुका प्रभावका कारणले नेपालको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ ।
सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको तथा देशको पूर्वी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा भएको महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै राति पनि वर्षा हुन सक्ने जनाइएको छ ।
विजया दशमीका दिनको अवस्था
महाशाखाले दशैंका दिन पनि वर्षा हुने जनाएको छ । देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिम पहाडी भेगका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै राति पनि वर्षा हुनेछ । मंगलबारमात्र हैन बुधबार पनि वर्षा हुने जनाइएको छ ।