arrow

महरालाई सोधपुछका लागि सिंहदरबारबाट बानेश्वर वृत्तमा ल्याइँदै

logo
प्रकाशित २०७६ असोज २० सोमबार
mahara-pakrau.jpg

काठमाडौं। सभामुखको सरकारी निवासबाट आइतबार बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले थप अनुसन्धानका लागि नयाँ बानेश्वर वृत्तमा ल्याउने भएको छ । सोमबार नयाँ बानेश्वर वृत्तमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

सिंहदरबार वृत्तले बानेश्वरबाट लिन आएपछि महरालाई बानेश्वर पठाइने बताएको छ। आइतबार साँझ ६ः१४ बजे महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार पुर्याएको थियो। 

महरालाई पक्राउ गरी किटानी जाहेरी दिइएको वानेश्वर प्रहरी वृत्त लैजाने तयारी भएपनि पछि उनलाई सिंहदरवार प्रहरी वृतमा राखिएको हो । स्रोतका अनुसार सिंहदरबारमा बस्न सुविधा भएकाले आइतबार उनलाई त्यहाँ राखिएको हो । 

उनको आइतबारै स्वास्थ्य परीक्षणसमेत भएको छ । यस सम्बन्धमा भने केही बताउन नमिल्ने महानगरीय परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले बताएका छन् । 

उनले पक्राउ परिसकेपछि एक सामान्य आरोपीसरह महरालाई ब्यवहार गरिने र सोही अनुसार नै परीक्षणदेखि अन्य प्रक्रिया हुने भएकाले त्यो अनुसन्धानको पाटोलाई फर्छयौट नलागुन्जेल बाहिर जानकारी दिन नमिल्ने भन्दै हाम्राकुरालाई बताउन चाहेनन् । 

यसअघि महराको इच्छानुसार उनलाई प्रहरीको भ्यानमा नभई रातो गाडीमा ल्याइएको थियो। त्यस्तै उनले सभामुखबाट राजीनामा दिएपछि बाहिर डेरा खोजे पनि नपाएकाले सभामुखको निवासबाटै नियन्त्रणमा लिनु परेको प्रहरीले बताएको छ । 

यसअघि उनको सांंसद पद कायमै रहेको अवस्थामा उपसभामुखको स्वीकृति लिएर पक्राउ गरिएको थियो । अब उनको सांसद पद भने निलम्वनमा परेको छ । 

पीडित महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा शनिबार जबरजस्ती करणी उद्योगमा उजुरी दिएपछि प्रहरीले महरालाई पक्राउको गरेको हो।

सरकारी निवासबाट हिरासततर्फको यात्रा शुरु हुनु अघिदेखि सुरक्षाकर्मीहरु स्वयं पनि महराको गत आइतवारको घटनाको बारेमा चर्चा गरिरहेका थिए। देशकै पाँचौ वरियताको व्यक्तिको भण्डाफोर भएको यौन दुर्व्यवहारको घटनाले देशलाई लज्जित बनाइरहेका बेला सुरक्षाकर्मी पनि लज्जाको भावमा उनलाई  विदाई गरिरहेका थिए। सामाजिक सञ्जालमा प्रोपोगण्डा गर्ने कार्यकर्ताहरु पनि दशैंमा रमाइरहेको देखियो उनलाई साथ दिन आएको देखिएन। 

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

नेपालको इतिहासमा वहालवाला उच्च पदस्थ व्यक्ती गैरराजनीतिक कारणबाट पक्राउ परेको यो पहिलो घटना हो। सरकारी निवासबाटै उच्चपदस्थ व्यक्ति गैरराजनीतिक कारणमा पक्राउ परेको पनि यो पहिलो घटना हो।

गत आइतबार (असोज १२ गते) राति महराले आफूलाई बलात्कार गरेको भन्दै हाम्राकुरा मार्फत रोशनी शाहीले सोमबार (असोज १३ गते) खुलासा गरेकी थिइन् । लगत्तै मंगलबार (असोज १४ गते) नै विभिन्न दवावमा परी आफूलाई बलात्कार नभएको भन्दै हाम्राकुराका सम्पादकलाई सामाजिक सञ्जालबाट आरोपित गरेकी थिइन्। तर पछि उनको सामाजिक सञ्जाल पनि अरु नै व्यक्तिले चलाएको प्रमाणित भएको थियो। 

स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो।

प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको थियो। महरा स्वयंले पनि हाम्राकुरालाई आफू महिलाको कोठामा गएको बताएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ