arrow

लाखौ मूल्य बराबरको कपडासहित तीन पक्राउ

logo
मुकेश यादव,
प्रकाशित २०७६ असोज २० सोमबार
pakrau6.jpg

बारा। बारा प्रहरीले भन्सार छली गरी नेपाल भित्रयाईएको लाखौ मूल्य बराबरको शर्टिङ्ग सुटिङ्गका कपडा सहित ३ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार पत्रकार सम्मेलन गर्दै ३३ लाख ९० हजारको शर्टिङ्ग सुटिङ्गका कपडा, पाँच वटा मोटरसाईकलसहित आर्दशकोतवाल गांउपालिका वडा नम्बर ५ निवासी ३४ वर्षिय रामरतन यादव, २९ वर्षिय जयमंगल प्रसाद यादव र ४५ वर्षिय हेमचन्द्र तिवारीलाई सार्वजनिक गरेको हो ।

 जिल्ला प्रहरी र ईलाका प्रहरी कार्यालय सिम्रौनगढको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा सिम्रौनगढ नगपालिका वडा नम्बर ६ सानो ईटवाल स्थित मोजाहिर मियाको घरमा कोठा भाडामा लिएर बसेका तीनै जनालाई आईतबार दिउंसो पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताए ।

 भन्सार छलेर मोटरसाइकलहरुमा १२ वटा ठुलो बोरामा लोड गरिएको अवस्थामा र १३ वटा बोरामा घरमा राखिएको अवस्थामा शर्टिङ्ग, सुटिङ्गका कपडा बरामद गरिएको पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरिक्षक खनालले बताए ।

कपडा सहित बरामद गरिएको पांच वटा मोटरसाईकल र पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयलाई बुझाईएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ