arrow

करण केसीको अलराउण्ड प्रदर्शनले नेपालको सानदार जित

logo
प्रकाशित २०७६ असोज २० सोमबार
karan-kc.jpg

काठमाडौं। करण केसीले अन्तिम ओभरमा आवश्यक १७ रन बनाउँदै नेपाललाई नेदरल्याण्ड बिरुद्ध ४ विकेटको जित दिलाएका छन्। उनले ४ विकेट पनि लिएका थिए। अलराउण्ड प्रदर्शन गरेका करणले ३.३ ओभरमा १७ रन खर्चिंदै ४ विकेट लिएका थिए।

ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट सिरीजको आफ्नो दोस्रो खेलमा नेपालले जितेको हो । पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो।

करणले १४ बलको सामना गर्दै ३१ रन बनाएका थिए। उनले ३ छक्का र १ चौका प्रहार गरेका थिए।

नेपालले टस जितेर नेदरल्याण्डलाई ब्यटिङका लागि निम्त्तयाएको थियो। नेदरल्याण्ड १९.३ ओभरमा सबै विकेट गामउँदै १ सय ३३ रन बनाएको थियो। नेपालका लागि सन्दिप लामिछानेले ४ ओभरमा २० रन खर्चिंदै ४ वेकट लिएका थिए। नेदरल्याण्डका म्याक्स ओडोडले ४३ रन बनाएका थिए।

नेपालका लागि कप्तान पारस खड्काले ४१ बलमा ३३ रन बनाएका थिए। त्यसगरि बिनोद भण्डारीले २६ रनको योगदान दिएका थिए। नेदरल्याण्डका लगि भान डर मर्वले २ विकेट लिएका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ