arrow

दशैँँको टीका लगाइँदै, राष्ट्रपति लगायतका उच्च पदस्थबाट १०ः३५ को समयमा टीका ग्रहण    

logo
प्रकाशित २०७६ असोज २१ मंगलबार
rastrapati-tika.JPG

काठमाडौँ । हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन मंगलबार मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।

पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत मंगलबार बिहान १० बजे ३५ मिनेटका लागि तोकेअनुसाको समयमा टीका लगाउने प्रचलन छ ।    

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले मान्यजनबाट टीका ग्रहण गरेका छन् । 
     
दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो । काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ ।     
     
दशैँँको विदा भएको र काठमाडौँ बाहिर दशैँँ मान्न ठूलो सङ्ख्यामा मानिस गएकाले काठमाडौंको सडक भने प्रायः सुनसान देखिएको छ ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा मंगलबार बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकी छिन् ।      
     
राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उनले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन् ।      
राष्ट्रियगान गानपछि शुरु भएको सो कार्यक्रममा पुरोहितद्वारा स्वस्तिवाचनका साथै मङ्गलधून बजाइएको थियो ।     
     
राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गरेकी थिइन् । त्यस्तै देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ