arrow

दिदी रोशनीको नाममा खुला पत्र

logo
सुन्दर पाण्डे,
प्रकाशित २०७६ असोज २१ मंगलबार
mahara-forget-yesterday.jpg

दिदी नमस्कार,

८ बर्षकी ग्रीता ठेन्बेर्गलाई लागेको थिएन होला उनि क्लाइमेट स्ट्राइक गर्दै गर्दा सफल हुन्छु भनेर। उनि कार्वनडाइअक्साइड इमिसन कम गर्छ भन्ने माग जायज हो र आफ्नो माग पुरा गर्न सारा दुखहरु झेल्न राजी थिइन्। उनले देखेकी थिइन स्विडीश पहाडहरुमा बिगतका वर्ष भन्दा बढी गतिमा हिउँ पग्लिरहेको छ जसको कारण हो संसारमा गहिरहेको बढ्दो तापक्रम। त्यति बुझ्न उनलाई कुनै बिद्यावारिधीको खाचो थिएन किनकि आँखै अगाडी थिए नाङगा पहाडहरु जुन पहिले हिउँले ढाकिन्थे। ८-९ बर्ष ति बालिकालाई ताजुब तब लाग्यो जब उनले थाहा पाइनकि विश्वस्तरका नेताले बिश्व तापमान कम गर्न खासै काम गरिरहेका छैनन्। नेताहरुलाई झक्झक्याउन संसारका स्कुले बालबालिकाहरुलाई अपिल गरिन। उनको अपिलकै कारण हजारौ किशोर किशोरीहरुले संसारका ठूला ठूला शहरहरुमा कार्बनडाइअक्साइड इमिसन कम गर्नुपर्ने कानुन बनाउन माग गरे। उनलाई लाग्यो अत्याधिक कार्बनडाइअक्साइड इमिसन गर्नु गलत हो जुन कुरा उनले संयुक्त राष्ट्रसंघमा संसारभरिका नेताहरुको उपस्थितिमा उठाइन। जसका कारण उनी संसारका ठूला भनिने राष्ट्र प्रमुखको आलोचनाको पात्र बनिन र पनि आफ्नो जायज माग कायम राखिन। उनको मागले यतिसम्म भयो कि उनको परिवारले मृत्युको धम्कीको सामना गर्नुपर्यो। 

सुन्दर पाण्डे

भनिन्छ जबसम्म हिंसा सहिन्छ जबसम्म हिंसा दोहोरिन्छ। दिदी जुन हमला महराजीले तपाई माथि गरे त्यसलाई सहेर तपाई बाचुन्जेल तडपि रहनेकी त्यस बिरुद्ध डटेर कानुन अनुसारको सजायँ दिलाउने। जसरी ग्रेतालाई स्विडीस पहाडमा अत्यधिक मात्रामा हिउ पग्लनुको कारण थाहा पाउन विधावारिधी गर्नु परेन त्यस्तै हजुरमाथि महराले गरेको अपराध बुझ्न कुनै फोरेन्सिक जाँच गरिरहनु परेन। तपाईमाथि महराजीको हिंसा अब घाम जस्तै छर्लंग भो। 

हो दिदी तपाईलाई दरिलो साथ चाहिएको अवस्थामा उल्टै २८ वर्षसँगै बसेका पतिले पारपाचुके गर्ने सार्बजनिक गरे। त्यो सम्म त ठिकै छ तर मानिसहरु अवाक छन् उनले के पुरुषार्थ गरे र फेसबुकबाट सार्वजनिक गर्नलाई । यसले प्रस्ट गर्छ हजुर कति मानसिक तनाबमा हुनुहुन्छ भनेर त्यो पनि बर्षौदेखि। 

अब दिदी साच्चै लडनुस त्यो अन्यायको बिरुद्ध। आखिर हजुरले हार्ने कुरा केहि छैन दिदी। मुद्धा जितिएछ भने तपाइको मन स्वतन्त्र चरा जस्तै आकाशमा कावा खानेछ होइन भने पनि इतिहासमा यो दर्ज हुनेछ कि महरा प्रवृति दोहोराउन कसैले लाखौ पटक सोचोस्। 

बिश्व तापमान वृद्धि हुँदा पनि त्यसको न्युनिकरण गर्न कुनै कदम नचालेका भनेर आन्दोलन गर्दा बिश्वका बिकसित देसका प्रमुखबाट आलोचनाकी पात्र र बिभिन्न व्यक्तिबाट परिवारलाई नै मार्न धम्की दिदासम्म १५ बर्षकी ग्रेताले आफ्नो आन्दोलनलाई निरन्तरता दिइरहेकी छन् त्यो पनि आफ्नो लागि भन्दा पनि आउँदो पिंढीको लागि । त्यसैले दिदी साहस बोकेर आफ्नो भौतिक आक्रमण बिरुद्धको लडाई लड्नुस । बरिष्ठ न्यूरो सर्जन स्वर्गीय उपेन्द्र देवकोटाले भने झैँ मान्छे मर्न त संघर्ष गर्नुपर्छ झन् बाच्नको लागि त कति लडाइ लड्नुपर्छ न्याय छ दिदी आवश्यकता खोजीको मात्र हो। अब हार्नु पनि केहि रहेन त्यसैले दिदी लड्नुस संसार तपाइको साथमा छ ।

यो लेख छापिएपछि पाठकलाई यो अपिल छ की गो फण्ड मी खोलौं  दिदीको न्यायको लागि। अब पढेर र कमेन्ट गरेर मात्र पुग्दैन । हाम्रो सिभीक ड्यूटीको अझ बढी आवश्यकता छ। हामीलाई समयले त्यो हैसियत सुम्पेको छकि महरा प्रबृती अन्त्य होस्। होइन भने अमित ढकालजीको शब्द सापटी लिदै भन्छु भाँडमा जाओस दिदीको जिन्दगी आफ्नालाई नपरेसम्म केहि गरिदैन आखिर त्यो समय पनि आउला जति बेला धेरै ढिलो भइसकेको हुन्छ ।

उही भाई,
सुन्दर 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ