arrow

प्रवासमा कसरी मनाए नेपालीहरुले दशैं

logo
सचिन्द्र श्रेष्ठ
प्रकाशित २०७६ असोज २१ मंगलबार
dashain.jpg

युएई। बडा दशैं देशमा धुमधामका साथ मनाइरहँदा प्रवासमा पनि खुसीयालीका साथ नेपालीहरुले दशैं मनाएका छन्। नेपालमा झै नभएपनि बिदेसमा बस्ने नेपालीहरुले पनि दशैं मनाएका छन्के। प्रवासमा हुँदा कसरी दशैं मनाइन्छ भन्ने बारेमा हामीले केहि प्रवासी नेपालीहरुसँग कुरा गरेका छन्। उनीहरुले आफ्ना धारणा यसरी प्रस्तुत गरेका छन्ः 

सचिन्द्र श्रेष्ठः

खासै दशैं मनाइदैन। त्यसमा पनि अझ मुस्लिम देशमा बस्छु। यहाँ केवल एक अर्कामा शुभकामना साटासाट मात्र हुन्छ। धेरै संघ संस्थाले पनि यस्तै गर्छन। हामीहरुको छुट्टी पनि सोहि दिन मिल्ने गर्दैन। उही साथीहरुसँगै बसेर रमाइलो गर्ने परिवार सम्झी दुखी र निराश हुने भन्दा पनि सबैसँग मिलेर सबै दुःख बिर्सेर मनाउने गर्दै आएका छौ। 

किरण छन्त्याल, म्याग्दी, हाल स्पेन
हरेक बर्ष बाबा आमाको हातबाट टिका लगाउने र आशिर्बाद लिने गर्थे, बिदेसमा हुँदा निधार रित्तो भएको धेरै भयो। कता कता नरमाइलो त लाग्छ त्यही पनि यहाँ बिरानो ठाउँमा आएर पनि सबै साथीसँग मिलेर मिठो मिठो खाएर मनाइएको छ।

नवराज कार्की, संखुवासभा,हाल दुबई
विदेशमा बस्ने नेपालीहरु विशेष गरी खाडी मुलुकमा कार्यरत नेपालीहरु महान चाड बडा दशैंमा पहिले आफ्ना परिवारसँग कमसेकम फोनमै शुभकामना दिन्छन् र लिन्छन् । विदा हुनेहरु परिवारिक, साथीभाई भेटघाट गरी खुशी साटासाट गरी मनाउँछन भने विदा नहुनेहरु कार्यस्थलमा नेपालीहरु भए शुभकामना आदानप्रदान गर्दै छुट्टी पश्चात कोठामा साथीहरु मिली केहि रमाइलो गरी खुशी साट्दै मनाउने गरेको देखेको छु । दशैं सकिए पनि आफ्नो छुट्टीमा सामूहिक रुपमा भेटघाट गरी कुनै पार्क या अन्य ठाउँमा मनाउने पनि गरिदै आएको छ।

गोपाल गिरी, कुस्मा, हाल द कोरिया
दशैं फोनबाट मनाएको धेरै वर्ष नै भयो, अब त आफुलाई सम्हाल्न धेरै हदसम्म सिकी पनि सकियो। सायद मान्यजनका आशिषले दिमाग भित्र जम्मा हुदै गरेको फोहोरहरु पखालिदै थियो। यसलाई सम्झानामा राखी साथीहरु सँग बसेर मनाउने गर्दछु।

नेत्र घर्ती मगर, नवलपरासी,हाल यूएई
घरमा भएको भए चौरासी व्यञ्जन खान पाइन्थ्यो तर यहाँ भने कहाँ त्यस्तो पाउनु। ‘जे होस् चाडबाडमा घरको याद सारै आउछ। गाउँघरको रोटे पिंङ र मेलापात, हासोरंङ,सबैको हसिलो मुहार झल्झली आइरहेछ यसलाई समझेर साथीसँग बस्ने र काममा गएर नै दशै मनाउने गरिन्छ।

अमित सापकोटा, सर्लाही,हाल दुबई 
हामी जहाँ भएता पनि आफ्नो चाड पर्व र सस्कृतीको जगेर्ना गर्नुपर्छ भन्ने मुल नाराका साथ हामी बिदेशीएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु आफुलाइ पायक पर्ने पार्क, नेपाली रेस्टुरेन्ट तथा मन्दिरमा गएर पुरेतको हातबाट टीका ग्रहण गरेर आशिर्वाद लिएर नेपाली रेस्टुरेन्टमा विभिन्न परिकारको खानाको स्वाद लिएर मनाउने गर्दछौं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ