arrow

दशैंको एकादशीमा कतै टीका, कतै विश्राम, कतै टीका सकियो

logo
प्रकाशित २०७६ असोज २२ बुधबार
president-primeminister-vidya-oli-tika1.JPG

काठमाडौं । बडादशैं अन्तर्गत नेपालका विभिन्न क्षेत्रमा आफ्नै किसिमको संस्कृति अनुसार दशैं मनाइन्छ । पश्चिम नेपालका कतिपय क्षेत्रमा दशमीको दिनमामात्र टीका लगाइन्छ । 
 
समयसंगै केही पश्चिमी क्षेत्रमा पूर्णिमैसम्म पनि टीका लगाउन थालिएको छ । काठमाडौंसहितका पूर्वी जिल्लाहरुमा भने पूर्णिमासम्मै टीका लगाउने चलन छ । 
 
केही क्षेत्रहरुमा भने एकादशीको दिन विश्राम लिएर द्धादशीको दिनदेखि पुनः टीकाटालो हुने गर्छ । दशमीको दिन घर परिवारमा र त्यसबाहेकका दिनमा भने आफन्तकहाँ टीका लगाउन जाने चलन छ । 
 
खानपिनको सवालमा पनि एकादशीमा माछामासु नखाने पनि छन् भने कसैले गिद्धे एकादशीका रुपमा माछामासु चलाउने पनि छन् । 
 
दशैंमा आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमी तिथिलाई विजयादशमी बुझ्नुपर्छ ।  षोडशोपचारले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरिन्छ । 
 
तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीनवटा प्रतिक राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमराले पूजा गरी आरती र पुष्पाञ्जली गरिन्छ ।
 
चन्दन, अक्षता, फूल छर्कँदै  नजानेर गरेको गल्तीमा माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरिन्छ । 
 
यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ ।
 
अनि घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरूप अबीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिने प्रचलन रहेको छ । 
 
टीका लगाउनकै लागि सरकारले पहिलो पूर्णिमासम्म बिदा दिने गरेको भए पनि यसपटक एकादशीको दिनसम्म मात्र बिदा दिइएको छ । 

यो प्रक्रियालाई भने अव्यवहारिक समेत भनिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पूर्णिमासम्मै टीका भने लगाइदिने तर सर्वसाधारणले पूर्णिमासम्म बिदा नपाउँदा भने दुःख मनाउ गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ