arrow

चीन, भारत र नेपालले एकैपटक सार्वजनिक गरे सीको भ्रमणको तालिका

logo
प्रकाशित २०७६ असोज २२ बुधबार
xi-china.jpg

काठमाडौं। चिनियाँ विदेश मन्त्रालय, भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले एकै समयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल तथा भारत भ्रमणको मिति र कार्यक्रम सार्वजनिक गरेको छ। 

चिनियाँ विदेश मन्त्रालय, भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले एकै समयमा सीको भ्रमणको बारेमा जानकारी गराएको हो। 

चिनियाँ विदेश मन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै सीको भ्रमणबारे औपचारीक जानकारी दिएको हो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हुव चुनिङले जनाए अनुसार राष्ट्रपति सीले अक्टोम्बर ११ देखी १३ सम्म भारत र नेपालको भ्रमण गर्नेछन् । भारतीय विदेश मन्त्रालयले पनि पत्रकार सम्मेलन गरि सीको भ्रमणको बारेमा औपचारिक जानकारी गराएको छ। 

नेपालको परराष्ट्रमन्त्रालयले भने प्रेस विज्ञप्ती जारी गर्दै चिनियाँ राष्ट्रपति सी को नेपाल भ्रमणको जानकारी गराएको छ।

यसअघि यही मितिमा सी को भ्रमण हुने समाचार सार्वजनिक भएपनि चीनबाट त्यसको आधिकारीक पुष्टी गरिएको थिएन। चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा भारतको चेन्नई पुग्ने र त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारीक कुराकानी हुने बताइएको छ। सो रात त्यहि बसी अक्टोवर १२मा थप भेटघाट पछि सी  १२ मै काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

नेपालमा १२ अक्टोवरमा एक रात बिताएसँगै १३ मा सी वेइजिङ फर्कनेछन् । सीको भ्रमणको बेला नेपाल र चीनबीच धेरै परियोजनामा सम्झौता गर्ने कार्यक्रम छ । 

नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने कार्यक्रम समेत छ ।

चीनियाँ राष्ट्रपतिको नेपालमा २३ बर्ष हुन लागेको भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेर स्वागतको तयारी गरिरहेको छ। 

भारत जानुअघि सी जिनपिङको कश्मीर विवादमा यू–टर्न



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ