arrow

पौने ३ बजे के गर्ला अष्ट्रेलियाले नेपाललाई ? 

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
nepal-australia-footbal.jpg

काठमाडौं । सन् २०२२ को कतार विश्वकप फुटबलका लागि छनोट खेलहरु भइरहँदा बिहीबार नेपालले एसियाको महारथी अष्ट्रेलियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरुहुनेछ । 

अष्ट्रेलियाको क्यानबेरामा हुने खेल नेपालका लागि सबैभन्दा कठीनको खेल हो । विश्वकमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग खेल्नु नेपालका लागि कुनै पनि दृष्टिबाट सजिलो छैन । 

अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ भने नेपाल १६१ औं स्थानमा छ ।

अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालमाथि धेरै भन्दा धेरै गोल गर्ने लक्ष्य रहेको बताइरहँदा युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा खेलिरहेका खेलाडीलाई रोक्न नेपाली टिमलाई हम्मेहम्मे पर्नेछ । 

खेल हो आत्तिहाल्नु पर्दैन 
खेलमा जे पनि हुन सक्छ । नेपालले राम्रो डिफेन्सिभ लाइन बनायो भने फराकिलो हार बेहोर्छ भन्ने पनि छैन । 

चाडबाडका बेलामा नेपालीहरुको धेरै साथ पाउने नेपाली टिमलाई समर्थकको कमी मैदानमा पनि हुने छैन । 

प्रिम्याच कन्फ्रेन्समा नेपाली मुख्य प्रशिक्षक योहान कालिनले नेपाली खेलाडीप्रति आफू विश्वस्त रहेको बताएका छन् । 
घरेलु मैदानमै अष्ट्रेलियाले उत्कृष्ट खेल्नेछ । उसको आक्रमण बचाउन नेपाली खेलाडीले धेरै नै मेहनत गर्नुपर्नेछ । नेपाली टिमले अहिलेसम्म दक्षिण कोरियासंग २३ गोल खाएको इतिहास छ । 

रोक्न सक्ला त यसलाई ? प्रशिक्षक कालिन भने यतिठूलो नतिजाको अन्तर कल्पनासम्म पनि गर्न नसकेको बताउँछन् । खेलाडीहरुले पनि गोर्खाली पावर देखाउने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ