arrow

टर्कीद्धारा सिरियामा आक्रमण

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
turkey-syria-attack.jpg

काठमाडौं । टर्कीले हवाई र स्थलगत गरी दुवै क्षेत्रबाट सिरियामा आक्रमण गरेको छ । टर्कीले सिरियाको उत्तरी क्षेत्रलाई निशाना बनाएर आक्रमण गरेको हो । 

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार टर्कीले पहिले हवाई तथा त्यसपछि स्थलगत आक्रमण गरेको हो । 

टर्कीको सैन्य फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेर हमला थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

टर्कीले सिरियाली शरणार्थीलाई सुरक्षितरुपमा राख्नका लागि आक्रमण सुरु गरेको जनाएको छ । उसले १८१ आतंककारीलाई लक्षित गरी आक्रमण गरेको बताएको छ । 

यता आक्रमणको अमेरिकाले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलाको निन्दा गरेका छन् ।

अमेरिकाले आफ्ना सैनिक सिरियाबाट फिर्ता बोलाएको केही दिनमै कुर्द लडाकूको क्षेत्रमा हमला सुरु भएको हो ।

अमेरिकी विदेश मन्त्री माइक पम्पेओले टर्कीलाई कुने हरियो झण्डा नदेखाइएको समेत बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ