arrow

सीको बाटोमा राखिएका फ्लेक्स च्यात्ने को हुन् ?  

सुरक्षा चुनौती छ कि छैन ? 

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
flex-chyatiyo.jpg

काठमाडौं । २३ वर्षपछि पहिलो पटक चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालमा आउँदै गर्दा सरकारले स्वागतको तयारी तीव्र पारेको छ । सी शनिबार नेपाल आउँदै गर्दा सुरक्षा अवस्था पनि कडा बनाइएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीदेखि लिएर अनुसन्धानबाट पनि खटाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले सुरक्षा व्यवस्था कडा पारिएको र कुनै चुनौती नरहेको बताएका छन् । 

उनले भने, ‘काठमाडौंमा कुनै सुरक्षा चुनौती छैन । हामीले सादा पोशाकमा पनि थुप्रै प्रहरीहरु खटाएका छौं । त्यसैले हामीले ढुक्क हुन आग्रह गर्दछौं ।’सुरक्षा व्यवस्था राम्रो छ ।’

डीएसपी बोगटीले झोलादेखि शंका लागेका सबै कुराहरु चेकजाँच भइरहेको बताए । त्यस्तै चीन विरोधी कुनै पनि गतिविधि नभएको दावी गर्दै उनले कोही पनि नियन्त्रणमा नलिएको हाम्राकुरालाई बताए । 

यदि अन्य कुनै गतिविधि हुन सक्छन् भने सरकारी सुरक्षाप्रति नागरिक सन्तुष्ट हुन नसकेको अवस्थामा कम्तीमा अतिथि आउँदा सरकारले सुरक्षा चुनौती सशक्त बनाउनु पर्नेमा दुई मत छैन । 

कसले च्यात्यो फ्लेक्स ? 
राष्ट्रपति सी भएर चल्ने रुटमा थुप्रै फ्ल्याक्स राखिएका छन् । त्यसैगरी तीन दर्जन गेटहरु बनाइएको छ । 

तीनकुनेमा एउटा फ्लेक्स  च्यातिएको छ । यो कसले च्यात्यो । डीएसपी बोगटीले दशैको दिन मंगलबार कुनै गलत इन्टेन्सन नभई मापसे गरेको एक जनाले फ्ल्याक्स च्यातेको बताए । 

जड्याहा गोपाल कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा कुनै अन्य इन्टेन्सन नदेखिएको बताए । 

त्यसैगरी बुधबार पनि फ्लेक्स  च्यात्ने रौतहटका राजकुमार ठाकुरलाई नियन्त्रणमा लिइएको डीएसपी बोगटीले बताए । कुनै समूह वा विद्रोही विशेषले नच्यातेको पनि उनले बताए । 

बानेश्वर प्रहरी प्रभागका डीएसपी दुर्गाराज रेग्मीले जड्याहाले च्यातेको फ्लेक्समा बुधबार ठाकुरले औंला छिर्ने प्वाल देखेपछि त्यसमा औंला छिराएर च्यातेको तर कुनै अन्य गतिविधिले नभएको बताए । प्रश्न फेरि पनि तेर्सिन्छ कि च्यातिएको फ्लेक्स  आखिर किन राखिएको छ ? 

जहाँ जहाँ सी जान्छन् त्यहाँ त्यहाँ सडक टालियो, नक्कली पार्क बनाइयो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ